Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

काठमाडौं । कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताए।

एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ। भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ। क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए।

डा। गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ। यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ।

यातायात सञ्चालन नहुँदा धेरै ठाउँमा भ्याक्सिन पठाउन नसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेको हो।

खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ। नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने डा. गौतमले बताए। लकडाउन खुलेपछि मात्र ती खोप सुरु गरिनेछ।

कोरोना भाइरस महामारी सम्बन्धमा सरकारले अन्तरिम निर्देशिका जारी गरे पनि स्वास्थ्य संस्थाबाट सेवा प्रवाह सुचारु गर्न सकेका छैनन्। निर्देशिकामा पनि कोरोना भाइरसको उपचार गर्ने अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाले नियमित आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ।

अहिले प्रतिहजार जीवित जन्ममा र नवजात शिशु मृत्युदर २३ छ। त्यस्तै, शिशु मृत्युदर भने शिशु ३३ रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सेवा सुचारु गर्न आग्रह

नियमित आधारभूत स्वास्थ्य सेवा अवरुद्ध भएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शुक्रबारको प्रेस ब्रिफिङमा केही स्थानमा आधारभूत सेवा सुचारु नभएको जानकारी प्राप्त हुन आएकोे बताए।

नियमित खोप सेवा, सुरक्षित मातृत्व सेवा, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, परिवारनियोजन सेवा, क्षयरोग, मलेरिया र एचआइभीविरुद्धको औषधि सेवन गर्ने सेवालगायत आधारभूत सेवा केही स्थानमा अवरुद्ध भएको गुनासोमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिए। हरेक स्थानीय तहमा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नियमित आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न देवकोटाले अनुरोध गरे।

आवश्यक औषधि र औषधिजन्य उपकरण स्वास्थ्य सेवा विभागमार्फत व्यवस्था हुने डा।देवकोटाले बताए। स्वास्थ्य सेवा लिन भीडभाड नगर्न र आवश्यक दूरी कायम गर्न आग्रह गरे। ‘आगामी दिनमा सेवा पाउने सुनिश्चितता गर्न स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालय सचेत छ। यसअनुसारको व्यवस्था गरिएको छ’, उनले भने।

सेवा प्रवाहका लागि जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मीलाई सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘यस खालको नियमित सेवा अवरुद्ध भयो भने यसबाट भविष्यमा अर्को नयाँ किसिमको प्रकोप आउन सक्ने स्थिति रहन्छ। यस किसिमको सेवा अवरुद्ध हुनु हुँदैन।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE