Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आहार नपाएर मर्न थाले चराचुरुङ्गी

काठमाडौं । लकडाउन लम्बिँदै जाँदा काठमाडौं उपत्यकाका परेवा र अन्य चराचुरुङ्गीको जीवन सङ्कटमा परेको छ । सडक सफाइ गर्ने कर्मचारीका अनुसार उपत्यकाका सडकमा दैनिक २ सय हाराहारीमा मरेका चराचुरुङ्गी भेटिन थालेका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - तिनीहरू आहार नपाएर मरेको आशङ्का गरिएको छ । यद्यपि यति धेरै सङ्ख्यामा मर्नुका खास कारण खोजी भएको छैन । सबैभन्दा बढी बागबजार र पुतलीसडक क्षेत्रमा मरेका पंक्षी पाइएको सफाइमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

शहरका मुख्य सडकमा पसल बन्द हुनु, त्यहाँका बासिन्दा अन्य खुला स्थानको घरमा गएर बस्दा त्यस क्षेत्रमा बस्दै आएका परेवाले आहारा परै जावस पानी पनि खाना पाएका छैनन् । सङ्कटका बेला चराचुरुङ्गी रानीपोखरी पुग्ने गर्थे, पोखरीमा अहिले पानी छैन । त्यसैले चराचुरुङ्गी आकाशको पानीको भरमा बाँच्न विवश भएका छन् ।

महानगरपालिकासँगको सहकार्यमा महानगरमा सरसफाइ गर्दै आएको बीएन्डपी क्लिनिङ सर्भिसका प्रोपाइटर विकुप्रसाद पुजाराका अनुसार मरेका परेवा तथा चराचुरुङ्गी सङ्कलन गरेर व्यवस्थापन गरिएको छ ।

पुजाराका अनुसार भोका परेवा तथा चाराहरू भौँतारिँदै सडकमा आउने कुकुरको शिकार हुने गरेका छन् । त्यस्तै बाँदरले समेत झम्टेका छन् ।

विशेषगरी पशुपति क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू लगायतका क्षेत्रमा प्रशस्त परेवा पाइने गरेका छन् । यसअघि घुम्न आउनेले मकै तथा गहुँ किनेर खुवाउने गर्थे र बन्दाबन्दीले यो क्रम रोकिएसँगै मुख्य सडकमा आसपासमा बस्ने परेवाको जीवन सङ्कटमा परेको हो ।

पशुपति क्षेत्रमा दाताले मकै खुवाउने गरेको अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले बताए । उनले चारो टिप्दै गरेका परेवा भोका कुकुर र बाँदरको झम्टाइमा पर्ने गरेका बताए । काठमाडौंं महानगरपालिका कृषि विभागअन्तर्गत कुकुर र पशुपक्षी शाखाले दोपाया चौपायाको उपचार गर्दै आएको बताउँदै शाखाका हरि भण्डारीले खाना चारो भने खुवाउने नगरेको बताए ।

कुकुर र चराको खानाको बन्दोबस्तीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सबै वडा कार्यालयमा आहारा र चारोका लागि रकम निकासा भई खाना आहाराको व्यवस्था हुँदै आएको भण्डारीले बताए ।

महानगरपालिका नगरप्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले महानगरपालिकाले महानगरका सबै क्षेत्रमा परेवा, कुकुर, बाँदरलाई आहारा दिइरहेको दाबी गर्नुभयो तर आहारा चारो नियमित र पर्याप्त नभएकाले पनि परेवा मरिरहेको जयबागेश्वरीका पञ्चराम महर्जनले बताए । पशुपति क्षेत्र (पिङ्गलास्थान) स्थित रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीका अनुसार केन्द्रले कुुकुर र बाँदरले टोकेका मानिसलाई निःशुल्क रेबिज विरुद्धको सुई दिन थालेको छ । यो केन्द्र काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE