काठमाडौं । चैतको दोस्रो हप्तादेखि सुरु बन्दाबन्दीका कारण महत्वपूर्ण आर्थिक गतिविधि करिब ठप्प छ । समग्र अर्थतन्त्र शिथिल छ । त्यसको अघिल्लो महिना अर्थात् फागुनमा भने नेपालको अर्थतन्त्रका महत्वपूर्ण सूचक भने सामान्य रहेको पाइएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनासम्मको तथ्याङ्कअनुसार निर्यात अघिल्ला महिनाजस्तै वृद्धि भएको छ भने आयात थोरै भए पनि घट्दो छ । समीक्षा अवधिसम्म निर्यात २२.३ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने आयात २.६ प्रतिशतले घटेर ९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटामा ४.३ प्रतिशतले सङ्कुचन आएर ८ खर्ब ४९ अर्ब पुगेको छ ।
फागुनसम्म सरकारको खर्च ५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो फागुनसम्म यस्तो खर्च ५ खर्ब १९ अर्ब रुपैयाँ थियो । प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने समेत गरेर सरकारले अहिलेसम्म ६ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भ्रमणबापत प्राप्त हुने आय ११.९ प्रतिशतले बढेर ५४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । भ्रमणबापत विदेशमा हुने खर्च २०.८ प्रतिशतले घटेर ४८ अर्ब ९६ करोड पुगेको छ । शिक्षामा बाहिरिने खर्च ३२ अर्ब १७ करोड रुपैयाँबाट घटेर २३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
चालू खाता घाटा १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो फागुनमा एक खर्ब ९१ अर्ब रुपैयाँ घाटामा थियो । अघिल्लो वर्ष ५८ अर्ब ९९ करोड रुपैयाँले शोधनानन्तर घाटामा रहेकोमा अहिले ३७ अर्ब ८४ करोड रुपैयाँले बचतमा छ ।
वैदेशिक लगानीसम्म फागुनसम्म १५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्राको सञ्चिति ११ खर्ब ३६ अर्ब रुपैयाँ छ । यस्तो सञ्चितिले करिब ९ महिनासम्मको वस्तु आयात धान्न सकिने देखिन्छ ।
यसबीचमा मूल्यवृद्धि भने निरन्तर उकालो लाग्दो छ । फागुनको उपभोक्ता मूल्यवृद्धि ६.७० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.२० प्रतिशत मात्र थियो ।
काठमाडौंमा यस्तो मूल्यवृद्धि ७.६१ प्रतिशत पुगेको छ । सबैभन्दा कम हिमालमा ५.४२ प्रतिशत छ । यसबीचमा खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि चुलिएर ९.३३ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवाको मूल्यवृद्धि नियन्त्रणकै अवस्था अर्थात् ४.६९ प्रतिशत छ ।
विप्रेषणको आप्रवाहमा देखिएको न्यून वृद्धिदर फागुनमा पनि कायम छ । विप्रेषण १.८ प्रतिशतले बढेर पाँच खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो वृद्धिदर २३.४ प्रतिशत थियो । श्रम स्विकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा बढेको अवस्था छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: