चितवन । कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानीटाइजर बनाएर बजारमा ल्याएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानीटाइजर उत्पादन गरेर बजारमा ल्याएको हो ।
‘हामीले तितेपातीकै ह्याण्ड स्यानीटाइजर उत्पादन गरेका छौँ’ केन्द्रका निर्देशक डा. ईश्वरीप्रसाद कडरियाले भने। स्यानीटाइजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरिएको छ । यसलाई विश्वविद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी पनि गर्दै छन् ।
‘तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरेर स्यानिटाईजर वनाएको छ’ उनले भने । यसलाई दुईसय मिलिग्रामको बोतलमा राखेर बजारमा लगिएको छ । यो स्यानिटाइजर विशेष त कृषि कर्म गर्ने किसानका लागि उपयोगी हुने बताइएको छ ।
विश्वविद्यालयले पहिलो चरणमा १ सय ८० लिटर सेनिटाइटर उत्पादन गरेको छ । यसलाई विस्तारै थप उत्पादन गर्दै लगिने वताइन्छ ।
अल्कोहल मिसिएको सेनिटाइजरको बजारमा प्रयाप्त नभेटिएका बेला तितोपातीको सेनिटाइजर प्रभावकारी हुने बताइएको छ । यो सुरक्षाका दृष्टिले पनि उत्तम रहेको बताइन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: