काठमाडौं । चीनसँगको मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार हुने भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - चीन सरकारको आर्थिक सहयोगमा अहिले साढे ५ मिटर रहेको सो राजमार्ग ११ मिटरमा विस्तार हुने भएको सडक विभागले जनाएको छ ।
सडक विभाग, वैदेशिक सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले नेपाल र चीनलाई जोड्ने मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि काभ्रेको धुलिखेलसम्म अरनिको राजमार्ग चीन सरकारको आर्थिक सहयोगमा विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
काठमाडौंदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म सो राजमार्गको कुल लम्बाई ११४ किलोमिटर रहेकोमा तातोपानीदेखि धुलिखेलसम्मको कुल लम्बाइ ८४ किलोमिटर रहेको छ ।
‘अरनिको राजमार्गको तातोपानीदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न आर्थिक सहयोगका लागि अर्थ मन्त्रालयमार्फत चीन सरकारसमक्ष औपचारिक आर्थिक प्रस्ताव पेस गरिसकिएको छ’ उनले भने, ‘अनुदान वा ऋण सहयोगका लागि प्रस्ताव पेस गरिए पनि चीनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आउन सकेको छैन ।’
अर्थ मन्त्रालयको निर्देशनमा सडक विभागले सो राजमार्गका विस्तारका लागि प्रस्ताव तयार गरेको उनले स्पष्ट पारे ।
चीनसँग २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगका लागि प्रस्ताव पेस गरिएको बताउँदै महाशाखा प्रमुख थापाले चीनले अनुदान वा ऋणमध्ये जे दिए पनि नेपाललाई स्वीकार्य हुने स्पष्ट पारे ।
सो राजमार्गमा अहिले साढे ५ मिटर रहेको कालोपत्रे सडकलाई ११ मिटरमा विस्तार गर्नका लागि चीनसँग आर्थिक सहयोग माग गरिएको उनले बताए । उनका अनुसार सडक विस्तारका साथै सो राजमार्गमा पर्ने पुल निर्माण तथा पहिरो नियन्त्रणसमेत गरिने छ ।
काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै तातोपानीसम्मको सो राजमार्ग विस्तार गर्न माग गरिएको ऋण चीन सरकारद्धारा स्वीकृत भएमा चालू आर्थिक वर्षबाट काम सुरु गरिने बताउँदै उनले भने, ‘अहिलेको सो सडक साढे ५ मिटर कालोपत्रेसहित छ मिटरभन्दा बढी छैन, अब त्यसलाई विस्तार गरी एघार मिटर पुर्याइने छ ।’
चीनद्वारा नै अरनिको राजमार्ग निर्माण गरिएको हुनाले त्यसको विस्तारका लागि पनि चीनसमक्ष नै आर्थिक सहयोगको प्रस्ताव पेस गरिएको हुनाले उनले स्पष्ट पारे । गत असोजमा सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गलाई विभिन्न चरणमा विस्तार तथा स्तरोन्नति गरिने समझदारी २ मुलुकबीच भएको थियो ।
नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौंको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेका हुन । अरनिको राजमार्ग नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो ।
चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामकरण गरिएको हो ।
यसअघि, २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका सो राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।
काठमाडौंदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म ५ स्थानमा भूकम्पले क्षति भएर यातायात अवरुद्ध बनेको थियो ।
चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सिसिजु ग्रुप कर्पोरेसनले सो राजमार्ग मर्मत गरेको थियो । राजमार्गको ८३, १००, १०३, ११२ र ११४ किलोमिटरमा मर्मत गरी सञ्चालनमा ल्याइएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: