Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नियतबस कोरोना फैलाएको भन्दै अमेरिकामा चीनविरूद्ध मुद्धा, खर्बौं डलर बराबरको क्षति गराएको आरोप

काठमाडाैं । अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्‍याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गरेका छन्। मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।

पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्। महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।

\'चिनियाँ अधिकारीबाट भएको छल, ढाकछेप, असक्रियता एवम् कोरोनासम्बन्धी सूचना लुकाउने कुकर्मले महामारी ल्याएको\' उजुरीमा उल्लेख छ। उजुरीमा चीनसँग माग्नु पर्ने क्षतिको रकम भने उल्लेख गरिएको छैन्। चिनियाँ स्वास्थ्य अधिकारीले डिसेम्बरको अन्त्यमा नै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण पाएको भए पनि जनवरी २० सम्म त्यसलाई लुकाएको उनको आरोप छ।

मुद्धामा चीनको राष्ट्रिय स्वास्थ्य आयोग, वुहान नगरको सरकार तथा वुहान इन्सिट्यूट अफ भाइरोलोजीलाई प्रतिवादी बनाइएको छ। वुहान कोरोना भाइरसको उद्गमस्थल हो भने वुहान इन्सिट्यूट अफ भाइरोलोजी अमेरिकाले कोरोना भाइरस लिक भएको भनेर आशंका गरिएको ठाउँ हो।

गत साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले उक्त आशंकाबारे आफैं अनुसन्धान गर्न त्यहाँ पहुँच खोजिरहेको बताएका थिए। सुरुमा भेटिएका संक्रमित सो इन्स्टिच्युटबाट नजिकै रहेको समुन्द्री खाना तथा वन्यजन्तु बजारसँग सम्बन्धित थिए। कोभिड-१९ नाम दिइएको कोरोना भाइरसबाट हालसम्म संसारमा २५ लाख बढी मानिसहरू संक्रमित भइसकेका छन् भने १ लाख ७४ हजार मानिसहरूको ज्यान गइसकेको छ। एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies