काठमाडाैं । लकडाउनका कारण रोकिएको सडक पिच र ढलानको काम सुरु भएको छ । बिहीबार काठमाडौंको बालाजु बाईपास क्षेत्रमा सडक सुधारको काम थालिएको हो ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण रोकिएका विकास आयोजना सुरु गरिएको जानकारी दिए । मन्त्री मानन्धरले सामाजिक दुरी कायम गर्दै विकासको काम थालिएको बताउँदै लकडाउन पछि उपत्यकाका सडकको मुहार परिवर्तन हुने बताए ।
जनताको जीवन रक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले सडक सुधारको कामलाई निरन्तरता दिइएको बताए । गत चैत्र १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाहरुको काम स्थानिय प्रसाशनको अनुमतिमा थालनि भएको मन्त्री मानन्धरले बताए ।
विकासका कामका लागि कतै पनि बाधा अड्काउ नहुने बताउँदै मन्त्री मानन्धरले सामाजिक दुरी सहित काम थालनी गर्न पनि आग्रह गरेका छन् । आफैं फिल्डमा पुगेर फेसबुक लाईभमार्फत् विकासको गतिविधि प्रत्यक्ष प्रशारण गर्दै मन्त्री मानन्धरले लकडाउनको समयमा समयको सदुपयोग र व्यवस्थापन सहित काम थालनी गरिएको जानकारी गराएका छन् । उनले लाईभ मार्फत् विकासका काममा समस्या भए तत्काल आफुलाई खबर गर्न आग्रह गर्दै आवश्यक सहजिकरण गरिदिने बताएका छन् ।
बेरोजगार भएर बसेका मजदुरहरुले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भिडभाड नहुनेगरि काम थालनी गरिएको मन्त्री मानन्धरको भनाई छ । यस अघिनै काम सुरु भएर लकडाउनका कारण रोकिएका स्थानमा काम थालनि गरिएको जानकारी दिंदै मुल सडकमा हुने काम भने केही दिनभित्रै सहजिकरण गरिने मन्त्री मानन्धरले जानकारी दिए ।
कुनै स्थानमा सडक ढलानको काम रोकिएको पाईए आफुले सहजिकरण गरिदिने जानकारी दिंदै सहजताका लागि आफु तयार भएको बताएका छन् । मन्त्री मानन्धर आफै फिल्डमा पुगेर लाईभ गरेको भिडियोमा अधिकांस सर्वसाधारणले काम सुरु भएकोमा धन्यवाद दिएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: