Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विश्वयात्रीले ल्याए ‘विश्व–दृष्टि’

\"Bishwo२७ असार, काठमाडाैं ।  विश्व दर्शन अभियानमा संलग्न दुई यात्री नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले व्यक्ति–व्यक्तिमा सकारात्मक सोचको जागरण गराउने उद्देश्यले ‘विश्व–दृष्टि’ पुस्तक सार्वजनिक गरेका छन् ।

उनीहरूले लेखेको यो पुस्तकलाई प्रा.डा. गोविन्दराज भट्टराईले एक कार्यक्रमका बीच लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले भने– ‘यो पुस्तक मणिरत्नको माला नै भएकाले लेखकद्वयले एउटै विषयमा पनि विशिष्टिकृत गर्न आवश्यक देखिन्छ ।’

टिप्पणीकार डा. कुमार कोईरालाले विविध व्यवहारोपयोगी प्रसंग समेटिएको यस पुस्तकभित्र विश्वका लागि जीवन दृष्टि र जीवनमा विश्वको दृष्टि एकै साथ आएको बताए ।

अर्का टिप्पणीकार डा. नारायण चालिसेले भने, ‘पुस्तकमा लेखकले विश्व दर्शनका उद्देश्य र अभियानका क्रममा अनुभूत गरेका कुराहरुबाट निचोड निकाल्दै जीवनको समीक्षा ग्रन्थ नै बनाएका छन् ।’

पुस्तकका लेखक सोऽहम्ले नेपाली समाजलाई सकारात्मकतातर्फ लैजान अत्यन्त आवश्यक भएको जनाउँदै यसका लागि आफूहरुले ४ देश (नेपाल, भारत, भूटान र म्यानमार) यात्राका अनुभव सारलगायत विविध प्रसंग पुस्तकमा समेटेको बताए । अर्का लेखक कोऽहम्ले भने– ‘नेपाली समाजको मनोबल उकास्न यो पुस्तक सहयोगी हुने विश्वास हामीले लिएका छौं ।’

विश्व दर्शन केन्द्रमा आयोजित उक्त कार्यक्रममा लेखकद्वयले निकट भविष्यमै विश्व दर्शन भाग–२ पुस्तक र वृत्तचित्र साथै नेपाल दर्शनको पहिलो पुस्तक ‘नेपाल भ्रमणका ७३० दिन’ लाई परिमार्जित गरी सार्वजनिक गर्ने र विश्व यात्राका थप कार्यक्रमलाई निरन्तरता दिईरहने जानकारी दिए ।

सरकार बलियो भए राष्ट्रको विकास हुने र नागरिकको शीरसमेत उँचो हुने बताउँदै प्रकाशन संस्था विश्व दर्शन अभियान, नेपालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा यस पुस्तक बिक्रीबाट प्राप्त १० प्रतिशत रकम प्रदान गर्ने जानकारी दिएको छ । अभियान सहयोगार्थ पुस्तकको मूल्य व्यक्तिगत रू. २५०/– र संस्थागत रू. ५००/– राखिएको छ ।

कार्यक्रमको शुभारम्भ विश्व दर्शन ध्यान र राष्ट्रगानबाट गरिएको थियो । विश्व दर्शन अभियान, नेपालकी कोषाध्यक्ष कविता ढुंगानाका अध्यक्षता र सदस्य विनोद ढकालको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा सदस्य शारदा के.सी.ले ध्यान गराएकी थिइन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending