काठमाडौं । नेकपाभित्र चुलिएकाे द्वन्द्वबारे प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच कोटेश्वरमा छलफल सुरु भएको छ । ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने तयारी गरिएपछि ओलीपक्षले नेपालपक्षसँग निर्णायक छलफल थालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच बालुवाटार भेटसँगै दुई पक्षका नेताबीच छलफल चलेको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा राजनीतिक लेनदेनको विषयमा कुराकानी भएको बुझिएको छ ।
बालुवाटारको छलफलमा नेता नेपालले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने प्रस्ताव राखेको स्रोत बताउँछ । त्यस्तै राजनीतिक लेनदेनमा एक व्यक्ति एक पदको अवधारणाअनुसार तलदेखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत राखिएको बुझ्नमा आएको छ ।
कोटेश्वरकाे छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपाल तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी भएकाे जनाईएकाे छ ।
नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यको आइतबार बसेको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बाटो बनाउन नेपाललाई जिम्मा दिएको थियो । आइतबार साँझ नेपाल पक्षको भेला बसेको थियो ।
प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीको निर्देशनविपरित एकलौटी निर्णय गर्दै जानथालेपछि नेकपाभित्र विवाद देखिएको थियो । उनले पार्टी सचिवालय र कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरि वैशाख ८ मा दुई अध्यादेश ल्याएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: