Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

कोरोना केन्द्र बनेको उदयपुरबाट ९१ जनाको स्वाब विराटनगर पठाइयो

काठमाडौं । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।

त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताउनुभयो । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् ।

गाउँलेद्वारा परीक्षण गर्न माग

त्रियुगा नगरपालिका–३ भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन र परीक्षण हुनपर्ने माग गरेका छन् । २८ कोरोना सङ्क्रमित रहेको भुल्केगाउँमा हालसम्म ३२४ को मात्र स्वाब नमूना सङ्कलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमूना सङ्कलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्छन्, –‘अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३०० घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न आफूहरु जोडदार माग गर्दछौँ ।’ स्वास्थ्य कार्यलय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीले समेत भुल्केवासी सबैको स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्ने भनेर आफूहरुलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब सङ्कलन र परीक्षण हुन नसकेकामा दुःखी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताउछन् ।

त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षेत्री, ब्रह्माण, राई, कामी, दमाई, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । वडाध्यक्ष चौधरीका अनुसार भुल्केको सबै बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण हुन आवश्यक रहेको र आफूले सोहीअनुसार पटक–पटक माग गरेको बताउनुहुन्छ । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार आवश्यकअनुसार भुल्केमा कोरोनाको स्वाब नमूना सङ्कलन र परीक्षण गर्ने काम भइरहेको र छिट्टै छलफल गरेर सामग्री तयार गरी स्वाब नमूना सङ्कलन गर्ने तयारीमा रहेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies