Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मजदुरको भविष्य सुरक्षित हुनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका मजदुरहरुको भविष्य सुरक्षित हुनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जीवनभर उत्पादन र निर्माणमा पसिना बगाएका मजदुरको जीवनको उत्तराद्र्धको समय सुरक्षित गर्ने दायित्व राज्यको भएको बताए । “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यही कुरा महसुस गरेर नै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो”, उनले सन्देशमा भनेका छन्, “वाग्मती प्रदेश सरकार पनि मजदुरको हकहित र पेशागत सुराक्षाका लागि प्रतिबद्ध छ ।”

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणविरुद्ध मुलुकमा लकडाउन गरिएको छ, यस्तो अवस्थामा मुलतः मजदुर र त्यसमा पनि दैनिक ज्यालादारीका मजदुरलाई समस्या परेको यथार्थबाट सरकार अनविज्ञ छैन भन्दै त्यस्ता समस्यामा परेका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहमार्फत काम भइरहेको बताए । उनले सन्देशमा भनेका छन्, “कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्थाको निर्माणमा सरकार दृढ़ छ ।”

मुख्यमन्त्री पौडेलले सामाजिक एवं भौतिक दूरी कायम गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने तयारी पनि थालिसकिएको हुँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरुले समेत कामविहीन भएर बस्नुपर्ने अवस्था चाँडै अन्त्य हुँदैछ भने ।

मुख्यमन्त्री पौडेलले उत्पादन र निर्माणका मूलस्रोत मजदुरलाई संसारले सम्झने दिन मे दिवस अर्थात् श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गरेका छन् ।

नागरिकलाई कृषि उत्पादनमा लाग्न आग्रह

वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले नागरिकलाई कृषि उत्पादनमा लाग्न आह्वान गरेका छन् । रासससँग कुरा गर्दै मन्त्री लामाले कृषि उपजहरुको विदेशबाट आयात हुने सम्भावना नरहेकाले देशलाई आवश्यक पर्ने खाद्य सामग्री स्वदेशमै उत्पादन हुनुपर्ने बताए ।

उनले नेपाल कृषि प्रधान देश भएता पनि १०÷१५ प्रतिशत नागरिक मात्र यस क्षेत्रलाई व्यवसाय बनाएर काम गरिरहेको उल्लेख गर्दै लकडाउनका कारण अन्यक्षेत्र जस्तो कृषि क्षेत्रलाई असर नगरे पनि कुखुरा, अण्डा तथा दूध उत्पादक किसानले नोक्सानी व्यहोर्नुपरेको बताए । त्यस्ता किसानलाई पेशाबाट पलायन हुन नदिन अवस्थाअनुसार सहयोग गर्न योजना बनाइने उनले बताए ।

मन्त्री लामाले लकडाउनका कारण बजारीकरणमा आएको समस्या कम गर्न प्रदेश सरकारले सहकारीमार्फत कृषि उपजको बिक्री वितरणको व्यवस्था मिलाइएको बताउँदै यसो गर्नाले विभिन्न चरणमा बिचौलियाले खाने कमिशन किसानकोमा पुग्ने विश्वास व्यक्त गरे । कृषि क्षेत्रमा परनिर्भरता हटाउँदै जाने सरकारको नीति रहेको उल्लेख गर्दै उनले भने, “हामीले कृषि उपज मात्रै हैन, उत्पादनका लागि आवश्यक पर्ने मल, बीउलगायत धेरै कुरा बाहिरबाट ल्याउँछौँ, त्यसको अन्त्य गर्नु आवश्यक छ ।”

उनले मल, बीउ, पशुआहारा तथा पराल, एवं भुसासमेत विदेशबाट ल्याएर गरिने कृषि उत्पादनले प्रशस्त मुनाफा दिन नसक्ने भएकाले सरकारले कृषिका लागि आवश्यक पर्ने वस्तुहरुको स्वदेशमै उत्पादन गर्ने कार्य थालिसकेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending