काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पारे।
“हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं”, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उनले भने, “अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।”
सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उनले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको बताए । “नेपाललाई सुरक्षित राख्नुपर्छ, विदेशबाट नेपाली ल्याउँदा भावनामा बगेर मात्रै हुँदैन”, मन्त्री यादवले भने, “नेपालमा सङ्क्रमण फैलने अवस्था आउन नदिन उनीहरुलाई सम्बन्धित मुलुकमा नै स्वास्थ्य परीक्षण गरी कोभिड–१९ सङ्क्रमण नभएको सुनिश्चित गरेर भित्रियाउनुपर्छ ।”
विदेशमा कति नागरिक छन् भन्ने एकीन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्दै उनले विदेशमा रहेका सबै श्रमिकको दर्ता गर्ने कामको थालनी गरिएको बताए । “कुन देशका कहिले गएको हो, के काम गर्ने हो रु उनीहरुको रहदानीदेखि नागरिकता नम्बरसम्म विवरण रहेका प्रश्नावली बनाएर पठाएका छौँ”, उनले भने, “उसको सीप के हो रु कति दिन देखि काम गरेको हो, कोरोनाबाट सङ्क्रमित भएको हो वा होइन भन्ने सबै विवरण भर्न मिल्ने गरी फारम बनाएका छौँ ।” परराष्ट्रमन्त्रालयमार्फत श्रमिककको दर्ता गर्ने प्रक्रिया शुरु भएको उनले जानकारी दिए ।
बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले परराष्ट्र र श्रम मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार हाम्रो साथमा छ भनेर विश्वस्त पार्न सक्नुपर्ने बताए। “खाडी र अन्य मुलुकमा त्रास कायमै छ, नेपाली आतङ्कित भएको खबर सार्वजनिक भइरहेका छन्”, उनले भने, “अहिल्यै सबै नागरिक फिर्ता ल्याउन सकिँदैन तर सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरेर आपतमा परेका नागरिकलाई स्वदेश फर्काउने ढङ्गबाट काम गर्नुपर्छ ।”
सांसद बिन्दा पाण्डेले कोभिड–१९ का कारण अलपत्र परेर नेपाल आउन चाहनेको यकिन तथ्याङ्क कुनै पनि निकायले दिन नसक्दा जोखिमपूर्ण अवस्थामा कति नागरिक छन् भनेर भन्न नसकिएको बताए । विदेशमा अलपत्र गर्भवती, बच्चाका आमा, अवैधानिक बसोबास गरिरहेका, बिरामी तथा विद्यार्थीको तथ्याङ्क तत्काल सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उनले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली सङ्घले जोखिमम रहेको नागरिकको पहिचान गर्नुपर्ने बताए ।
सांसद सुजाता परियारले विदेशमा रहेका नेपालीको सही तथ्याङ्क सरकारले दिन जरुरी रहेको भन्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउन सरकारको तर्फबाट कस्तो पहल भइरहेको भन्दै जिज्ञासा राख्नुभएको थियो । विदेशमा रहेका कतिपय नागरिक कोरोना सङ्क्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेको भन्दै उहाँले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: