Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

टेलिफोन टावर झिकिएपछि नेटवर्कमा चर्को समस्या

\"tower\"२८ असार, काठमाडौँ । विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ । भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले त्यस्ता टावर हटाउन सम्बन्धित टेलिफोन कम्पनीमा निवेदन दिएका छन् । घरधनीको मागपछि जोखिममा रहेका घरबाट काठमाडौँ उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका २८ र युटिएलका सात टावर झिकिएको टेलिफोनको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । प्राधिकरणले घरधनीको माग बमोजिम जनधनको क्षति हुन नदिन इन्जिनियरमार्फत जाँच गराई जोखिमयुक्त घरमा टावर राख्ने/नराख्ने बारेमा अध्ययन भइरहेको अध्यक्ष झाले बताए । कतिपय टावर झिकिएका स्थानमा मोबाइल ट्राफिक जामले मोबाइल सेवाको स्तरीयतामा कमी आएको जानकारी दिँदै उनले त्यसको समाधानका लागि आवश्यक काम भइरहेको बताए । झिकिएका टावरमध्ये सबैभन्दा बढी कलङ्की, गोङ्गबु, वसुन्धारालगायतका क्षेत्रका छन् । टावर झिकिएपछि राजधानीका मोबाइलका ग्राहकले ठूलो समस्या व्यहोर्नुपरेको गुनासो गरेका छन् । कलङ्कीका धर्मराज पाण्डे भूकम्पपछि घरभित्र मोबाइल सुनिन छाडेको बताछन् । \'अचेल फोन आउनेबित्तिकै घरबाहिर खुला स्थानमा दौड्नुपर्छ\' – उनले गुनासो गरे । उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् । त्यस्ता टावर औसतमा आठ मिटर अग्ला र दुई सयदेखि एक टनसम्म वजनका छन् । टेलिफोन कम्पनीले मोबाइलकर्ताको घनत्वका आधारमा उपत्यकामा करिब पाँच सय मिटरको दूरीमा आ–आफ्ना टावर राखेका छन् । नेपाल टेलिकमले टावर राखेबापत घरधनीलाई मासिक रु दुईदेखि २० हजारसम्म भाडा तिर्ने गर्छ । हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् । राजधानीको शान्तिनगर बस्ने निशा पाण्डेयको गुनासो पनि धर्मराजको जस्तै छ । उनी भन्छिन् – \'भूकम्पपछि त घरभित्र मोबाइलमा कुरा गरेकै सुनिँदैन ।\' भूकम्पपछि नेपाल टेलिकममा मात्र दुई सयभन्दा बढी घरधनीले आफ्नो घरमाथिका टावर हटाउन निवेदन दिएको टेलिकमको मोबाइल सेवा निर्देशनालयका नायब महाप्रबन्धक प्रेमप्रसाद सिलवालले जानकारी दिए । भूकम्पमा टावरले घरमा क्षति नभए पनि संरचनागत क्षति भएका घरधनीले आत्तिएर त्यस्तो निवेदन दिएको उनले बताए । अझ कतिपय धरधनीले आफ्नो मागबमोजिम नझिकिएका टावरमा विद्युत् सेवासमेत अवरुद्ध गरिदिँदा नेटवर्कमा थप समस्या परेको छ । हाल टेलिफोन कम्पनीहरुले आत्तिएर निवेदन दिने घरधनीसँग टावर हटाउने विषयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । टावर झिकिएका स्थानमा टेलिकमले मोबाइल सेवाको गुणस्तर सुधार्न युद्धस्तरमा काम गरिरहेको बताउँदै उनले सात घरधनीसँग नयाँ सम्झौता भइसकेको जानकारी दिए । एनसेलका २८ टावर झिकिएपछि मोबाइल नेटवर्कमा देखिएको समस्या समाधानका लागि के प्रयास भइरहेका छन् भन्ने सम्बन्धमा राससले पटक पटक प्रयास गर्दा पनि कम्पनीले कुनै जानकारी दिन मानेन । एउटै टावरमा चार कम्पनीका मोबाइलका एन्टेना राख्न सकिन्छ । तर कानुनी प्रावधान नहुँदा हाल सबै कम्पनीले आ–आफ्ना टावर राखेका छन् । टावरलाई आवश्यक बिजुली/ब्याट्रीको खपत जोगाउन, त्यसबाट निस्कने प्रदूषण (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) नियन्त्रण गर्न र सहरको कुरुप हटाउन प्राधिकरणले भूकम्पअघि नै निर्देशिका बनाए पनि हालसम्म पारित हुन सकेको छैन । दूरसञ्चार क्षेत्रमा पूर्वाधारको सहप्रयोग तथा मापदण्ड निर्धारण गर्न २०६८ सालमा सूचना तथा सञ्चार मन्त्रीको अध्यक्षतामा विभिन्न आठ मन्त्रालयका सचिव रहने ‘पूर्वाधार प्रवद्र्धन समिति’ बनेको थियो । समितिको एउटा पनि बैठक नबस्दा उक्त निर्देशिका पारित हुन नसकेको अध्यक्ष झाको गुनासो छ । निर्देशिकामा टावरमात्रै जडान गरी भाडामा दिन मिल्ने छुट्टै स्वतन्त्र कम्पनीको व्यवस्था छ । निर्देशिका पारित भए टेलिफोन कम्पनीले टावर जडान गर्ने ध्यान गुणस्तर सुधारमा केन्द्रित गर्न सक्छन,\' अध्यक्ष झाले भने । हाल टावरसँगै शक्ति सञ्चयलाई राखिने सयौँ केजी वजनका ब्याट्रीलाई प्राधिकरणले भुइँतलामा राख्न सुझाव दिएको छ । हाल देखिएको टावर समस्या समाधान गर्न प्राधिकरणले भविष्यमा धेरै टावरको काम एउटैले गर्ने मोनोपोल टावर (सानो क्षेत्रफलमा अग्लो टावर) निर्माण गर्ने योजना अघि सारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending