Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

टेलिफोन टावर झिकिएपछि नेटवर्कमा चर्को समस्या

\"tower\"२८ असार, काठमाडौँ । विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ । भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले त्यस्ता टावर हटाउन सम्बन्धित टेलिफोन कम्पनीमा निवेदन दिएका छन् । घरधनीको मागपछि जोखिममा रहेका घरबाट काठमाडौँ उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका २८ र युटिएलका सात टावर झिकिएको टेलिफोनको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । प्राधिकरणले घरधनीको माग बमोजिम जनधनको क्षति हुन नदिन इन्जिनियरमार्फत जाँच गराई जोखिमयुक्त घरमा टावर राख्ने/नराख्ने बारेमा अध्ययन भइरहेको अध्यक्ष झाले बताए । कतिपय टावर झिकिएका स्थानमा मोबाइल ट्राफिक जामले मोबाइल सेवाको स्तरीयतामा कमी आएको जानकारी दिँदै उनले त्यसको समाधानका लागि आवश्यक काम भइरहेको बताए । झिकिएका टावरमध्ये सबैभन्दा बढी कलङ्की, गोङ्गबु, वसुन्धारालगायतका क्षेत्रका छन् । टावर झिकिएपछि राजधानीका मोबाइलका ग्राहकले ठूलो समस्या व्यहोर्नुपरेको गुनासो गरेका छन् । कलङ्कीका धर्मराज पाण्डे भूकम्पपछि घरभित्र मोबाइल सुनिन छाडेको बताछन् । \'अचेल फोन आउनेबित्तिकै घरबाहिर खुला स्थानमा दौड्नुपर्छ\' – उनले गुनासो गरे । उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् । त्यस्ता टावर औसतमा आठ मिटर अग्ला र दुई सयदेखि एक टनसम्म वजनका छन् । टेलिफोन कम्पनीले मोबाइलकर्ताको घनत्वका आधारमा उपत्यकामा करिब पाँच सय मिटरको दूरीमा आ–आफ्ना टावर राखेका छन् । नेपाल टेलिकमले टावर राखेबापत घरधनीलाई मासिक रु दुईदेखि २० हजारसम्म भाडा तिर्ने गर्छ । हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् । राजधानीको शान्तिनगर बस्ने निशा पाण्डेयको गुनासो पनि धर्मराजको जस्तै छ । उनी भन्छिन् – \'भूकम्पपछि त घरभित्र मोबाइलमा कुरा गरेकै सुनिँदैन ।\' भूकम्पपछि नेपाल टेलिकममा मात्र दुई सयभन्दा बढी घरधनीले आफ्नो घरमाथिका टावर हटाउन निवेदन दिएको टेलिकमको मोबाइल सेवा निर्देशनालयका नायब महाप्रबन्धक प्रेमप्रसाद सिलवालले जानकारी दिए । भूकम्पमा टावरले घरमा क्षति नभए पनि संरचनागत क्षति भएका घरधनीले आत्तिएर त्यस्तो निवेदन दिएको उनले बताए । अझ कतिपय धरधनीले आफ्नो मागबमोजिम नझिकिएका टावरमा विद्युत् सेवासमेत अवरुद्ध गरिदिँदा नेटवर्कमा थप समस्या परेको छ । हाल टेलिफोन कम्पनीहरुले आत्तिएर निवेदन दिने घरधनीसँग टावर हटाउने विषयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । टावर झिकिएका स्थानमा टेलिकमले मोबाइल सेवाको गुणस्तर सुधार्न युद्धस्तरमा काम गरिरहेको बताउँदै उनले सात घरधनीसँग नयाँ सम्झौता भइसकेको जानकारी दिए । एनसेलका २८ टावर झिकिएपछि मोबाइल नेटवर्कमा देखिएको समस्या समाधानका लागि के प्रयास भइरहेका छन् भन्ने सम्बन्धमा राससले पटक पटक प्रयास गर्दा पनि कम्पनीले कुनै जानकारी दिन मानेन । एउटै टावरमा चार कम्पनीका मोबाइलका एन्टेना राख्न सकिन्छ । तर कानुनी प्रावधान नहुँदा हाल सबै कम्पनीले आ–आफ्ना टावर राखेका छन् । टावरलाई आवश्यक बिजुली/ब्याट्रीको खपत जोगाउन, त्यसबाट निस्कने प्रदूषण (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) नियन्त्रण गर्न र सहरको कुरुप हटाउन प्राधिकरणले भूकम्पअघि नै निर्देशिका बनाए पनि हालसम्म पारित हुन सकेको छैन । दूरसञ्चार क्षेत्रमा पूर्वाधारको सहप्रयोग तथा मापदण्ड निर्धारण गर्न २०६८ सालमा सूचना तथा सञ्चार मन्त्रीको अध्यक्षतामा विभिन्न आठ मन्त्रालयका सचिव रहने ‘पूर्वाधार प्रवद्र्धन समिति’ बनेको थियो । समितिको एउटा पनि बैठक नबस्दा उक्त निर्देशिका पारित हुन नसकेको अध्यक्ष झाको गुनासो छ । निर्देशिकामा टावरमात्रै जडान गरी भाडामा दिन मिल्ने छुट्टै स्वतन्त्र कम्पनीको व्यवस्था छ । निर्देशिका पारित भए टेलिफोन कम्पनीले टावर जडान गर्ने ध्यान गुणस्तर सुधारमा केन्द्रित गर्न सक्छन,\' अध्यक्ष झाले भने । हाल टावरसँगै शक्ति सञ्चयलाई राखिने सयौँ केजी वजनका ब्याट्रीलाई प्राधिकरणले भुइँतलामा राख्न सुझाव दिएको छ । हाल देखिएको टावर समस्या समाधान गर्न प्राधिकरणले भविष्यमा धेरै टावरको काम एउटैले गर्ने मोनोपोल टावर (सानो क्षेत्रफलमा अग्लो टावर) निर्माण गर्ने योजना अघि सारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy