Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मनोरञ्जनका लागि नेपाल अाउने पर्यटक पचास प्रतिशत बढी

\"tourist\"२८ असार, काठमाडौँ । अघिल्लो आर्थिक वर्षमा सात लाख ९० हजार १९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो आव २०७० पुसदेखि २०७१ पुससम्मको अवधिमा ती विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले कम हो । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷७२ को आर्थिक सर्वेक्षणमा सो अवधिमा नेपाल भ्र्रमणमा आएका पर्यटकको औसत बसाइँ अवधि १२ दशमलव ४ दिन रहेको छ । बढी पर्यटक आउने पाँच मुलुकमा भारत १७, चीन १६, अमेरिका छ, श्रीलङ्का ४ दशमलव ८ र बेलायत ४ दशमलव ७ प्रतिशत रहेका छन् । नेपाल आउने पर्यटकको सङ्ख्या, प्रतिव्यक्ति खर्च बढाउन एवम् औसत बसाइँ लम्ब्याउन सकेमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिने औँल्याइएको छ । कुल पर्यटकमध्ये ५०.१ मनोरञ्जन, १२.५ तीर्थयात्रा, १२.३ पदयात्रा, ४.१ औपचारिक÷प्रशासकीय, ३.१ व्यापार, १.७ सभा/सम्मेलन तथा १६.२ प्रतिशत अन्य उद्देश्यले नेपाल घुम्न आउने गर्छन् । भ्रमण उद्देश्यका आधारमा विगत १० वर्षको पर्यटक आगमनको सङ्ख्या हेर्दा मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात करिब दुई तिहाइभन्दा बढी छ । आर्थिक सर्वेक्षणअनुसार नागरिक उड्डयन प्राधिकरणबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करिब ८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गरी सुविधा सम्पन्न गराउन विमानस्थल कार्यालयमा ‘टर्मिनल मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ र ललितपुरको भट्टेडाँडामा ‘इनरुट मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ जडान कार्य भइरहेको छ । नेपाल वायु सेवा निगमले आन्तरिक तथा बाह्य उडान सेवा विस्तारलाई चीन सरकारबाट दुई अनुदान र चारवटा ऋण सहुलियतमा एमए ६० विमान र वाई १२ जहाज प्राप्त भई आन्तरिक उडान सञ्चालनमा आएका छन् । ए ३२० – २०० सिरिजका दुई न्यारो विमानमध्ये पहिलो विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । दोस्रो विमान प्राप्त हुने प्रक्रियामा छ । अघिल्लो आवमा लुम्बिनी गुरुयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढेको छ । सन् २०१४ मा लुम्बिनी क्षेत्रमा नौ लाख २६ हजार २१ आन्तरिक पर्यटक, एक लाख ४५ हजार २१६ भारतीय पर्यटक र एक लाख ३६ हजार ९९१ तेस्रो मुलुकका पर्यटक गरी जम्मा ११ लाख ९३ हजार ८२८ जना तीर्थयात्रीले भ्रमण गरेका थिए । यो सन् २०१३ को तुलनामा ४१ प्रतिशतले बढी हो । ताप्लेजुङदेखि दार्चुलाको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत ‘द ग्रेट हिमालयन ट्रेल’ अवधारणा प्राथमिकता साथ अगाडि बढाउन कार्यक्रम बनाउने काम सुरु भएको छ । देशका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको खोज, संरक्षण, संवद्र्धन गर्दै ठूला र ऐतिहासिक धार्मिकस्थलमा ट्रस्टको निर्धारण गरी सञ्चालन गरिने कार्यक्रमअनुसार विभिन्न जिल्लाका १३१ सम्पदाको संरक्षण गर्ने, बुटवलस्थित जीतगढी र पण्डिपुरको उत्खननलगायत १० वटा पुरातात्विक स्थलको उत्खनन कार्य भइरहेको छ । आर्थिक सर्वेक्षणले विसं २०६९ पुस देखि विसं २०७० पुससम्म पर्वतारोहण दलको सङ्ख्या २९५ रहेकामा विसं २०७० पुसदेखि विसं २०७१ पुससम्म ३२० पुगेको जनाएको छ । सो अवधिमा पर्वतारोहीको सङ्ख्या दुई हजार २२६ बाट वृद्धि भई दुई हजार ५०० पुगेको छ । सो अवधिमा सलामी दस्तुर चार करोड ९३ लाख ५९ हजारले वृद्धि भई ३९ करोड एक लाख ८० हजार पुगेको छ । कुल ११७ को सङ्ख्यामा रहेको तारे होटलको सङ्ख्या सो अवधिमा एउटामात्र बढेको छ । अघिल्लो वर्षको ९०९ वटा पर्यटकस्तरीय होटल तथा रिसोर्ट पनि बढेर ९५७ पुगेको छ । आव २०६९/७० मा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा ३४ अर्ब २९ करोड १० लाख थियो । अघिल्लो वर्षभन्दा १२ अर्ब १६ करोड ४३ लाखले वृद्धि भई आव २०७०/७१ मा ४६ अर्ब ३७ करोड ५० लाख पुगेको छ । आव २०७१/७२ को प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा ३४ अर्ब ३१ करोड ३० लाख छ । पर्यटन क्षेत्रका प्रमुख परिसूचकमा पर्यटनबाट प्राप्त आर्जन तीन खर्ब ४२ अर्ब ११ करोड रहेकामा विसं २०७१ पुससम्म चार खर्ब ६३ अर्ब ७५ करोड पुगेको छ । प्रतिपर्यटक प्रतिदिन खर्च अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षमा ४२.८ रहेकोमा यस अर्थिक वर्षमा ४६.४ पुगेको छ । पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा योगदान अघिल्लो आवमा २.० तिशत रहेकामा यस आवमा २.६ प्रतिशत पुगेको छ । नियमित उडानमा नेपाल आउने अन्तर्राष्ट्रिय वायु सेवाको सङ्ख्या अघिल्लो वर्ष २६ रहेकामा यो आवमा बढेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending