Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मनोरञ्जनका लागि नेपाल अाउने पर्यटक पचास प्रतिशत बढी

\"tourist\"२८ असार, काठमाडौँ । अघिल्लो आर्थिक वर्षमा सात लाख ९० हजार १९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो आव २०७० पुसदेखि २०७१ पुससम्मको अवधिमा ती विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले कम हो । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷७२ को आर्थिक सर्वेक्षणमा सो अवधिमा नेपाल भ्र्रमणमा आएका पर्यटकको औसत बसाइँ अवधि १२ दशमलव ४ दिन रहेको छ । बढी पर्यटक आउने पाँच मुलुकमा भारत १७, चीन १६, अमेरिका छ, श्रीलङ्का ४ दशमलव ८ र बेलायत ४ दशमलव ७ प्रतिशत रहेका छन् । नेपाल आउने पर्यटकको सङ्ख्या, प्रतिव्यक्ति खर्च बढाउन एवम् औसत बसाइँ लम्ब्याउन सकेमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिने औँल्याइएको छ । कुल पर्यटकमध्ये ५०.१ मनोरञ्जन, १२.५ तीर्थयात्रा, १२.३ पदयात्रा, ४.१ औपचारिक÷प्रशासकीय, ३.१ व्यापार, १.७ सभा/सम्मेलन तथा १६.२ प्रतिशत अन्य उद्देश्यले नेपाल घुम्न आउने गर्छन् । भ्रमण उद्देश्यका आधारमा विगत १० वर्षको पर्यटक आगमनको सङ्ख्या हेर्दा मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात करिब दुई तिहाइभन्दा बढी छ । आर्थिक सर्वेक्षणअनुसार नागरिक उड्डयन प्राधिकरणबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करिब ८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गरी सुविधा सम्पन्न गराउन विमानस्थल कार्यालयमा ‘टर्मिनल मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ र ललितपुरको भट्टेडाँडामा ‘इनरुट मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ जडान कार्य भइरहेको छ । नेपाल वायु सेवा निगमले आन्तरिक तथा बाह्य उडान सेवा विस्तारलाई चीन सरकारबाट दुई अनुदान र चारवटा ऋण सहुलियतमा एमए ६० विमान र वाई १२ जहाज प्राप्त भई आन्तरिक उडान सञ्चालनमा आएका छन् । ए ३२० – २०० सिरिजका दुई न्यारो विमानमध्ये पहिलो विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । दोस्रो विमान प्राप्त हुने प्रक्रियामा छ । अघिल्लो आवमा लुम्बिनी गुरुयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढेको छ । सन् २०१४ मा लुम्बिनी क्षेत्रमा नौ लाख २६ हजार २१ आन्तरिक पर्यटक, एक लाख ४५ हजार २१६ भारतीय पर्यटक र एक लाख ३६ हजार ९९१ तेस्रो मुलुकका पर्यटक गरी जम्मा ११ लाख ९३ हजार ८२८ जना तीर्थयात्रीले भ्रमण गरेका थिए । यो सन् २०१३ को तुलनामा ४१ प्रतिशतले बढी हो । ताप्लेजुङदेखि दार्चुलाको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत ‘द ग्रेट हिमालयन ट्रेल’ अवधारणा प्राथमिकता साथ अगाडि बढाउन कार्यक्रम बनाउने काम सुरु भएको छ । देशका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको खोज, संरक्षण, संवद्र्धन गर्दै ठूला र ऐतिहासिक धार्मिकस्थलमा ट्रस्टको निर्धारण गरी सञ्चालन गरिने कार्यक्रमअनुसार विभिन्न जिल्लाका १३१ सम्पदाको संरक्षण गर्ने, बुटवलस्थित जीतगढी र पण्डिपुरको उत्खननलगायत १० वटा पुरातात्विक स्थलको उत्खनन कार्य भइरहेको छ । आर्थिक सर्वेक्षणले विसं २०६९ पुस देखि विसं २०७० पुससम्म पर्वतारोहण दलको सङ्ख्या २९५ रहेकामा विसं २०७० पुसदेखि विसं २०७१ पुससम्म ३२० पुगेको जनाएको छ । सो अवधिमा पर्वतारोहीको सङ्ख्या दुई हजार २२६ बाट वृद्धि भई दुई हजार ५०० पुगेको छ । सो अवधिमा सलामी दस्तुर चार करोड ९३ लाख ५९ हजारले वृद्धि भई ३९ करोड एक लाख ८० हजार पुगेको छ । कुल ११७ को सङ्ख्यामा रहेको तारे होटलको सङ्ख्या सो अवधिमा एउटामात्र बढेको छ । अघिल्लो वर्षको ९०९ वटा पर्यटकस्तरीय होटल तथा रिसोर्ट पनि बढेर ९५७ पुगेको छ । आव २०६९/७० मा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा ३४ अर्ब २९ करोड १० लाख थियो । अघिल्लो वर्षभन्दा १२ अर्ब १६ करोड ४३ लाखले वृद्धि भई आव २०७०/७१ मा ४६ अर्ब ३७ करोड ५० लाख पुगेको छ । आव २०७१/७२ को प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा ३४ अर्ब ३१ करोड ३० लाख छ । पर्यटन क्षेत्रका प्रमुख परिसूचकमा पर्यटनबाट प्राप्त आर्जन तीन खर्ब ४२ अर्ब ११ करोड रहेकामा विसं २०७१ पुससम्म चार खर्ब ६३ अर्ब ७५ करोड पुगेको छ । प्रतिपर्यटक प्रतिदिन खर्च अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षमा ४२.८ रहेकोमा यस अर्थिक वर्षमा ४६.४ पुगेको छ । पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा योगदान अघिल्लो आवमा २.० तिशत रहेकामा यस आवमा २.६ प्रतिशत पुगेको छ । नियमित उडानमा नेपाल आउने अन्तर्राष्ट्रिय वायु सेवाको सङ्ख्या अघिल्लो वर्ष २६ रहेकामा यो आवमा बढेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy