Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु

\"EarthQuake२८ असार, काठमाडौँ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पहिलोपटक भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु गरेको छ । इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा नाष्टले आफ्नै कार्यालय परिसर खुमलटार, काभ्रेको बनेपा र धादिङको धार्केमा यन्त्र जडान गरिसकेको छ । भूकम्पको पूर्ण धक्का आउनुभन्दा करिब २० सेकेन्ड अघि (प्रारम्भिक तरङ्ग) को सूचना दिने सो यन्त्र करिब १५ किलोमिटरदेखि २० किमी दूरीभित्र राख्न सकिने नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जानकारी दिए । चीन, जापानलगायतका विकसित राष्ट्रमा यो यन्त्रको प्रयोग भएको धेरै भइसकेको छ । नेपालमा भने गत वैशाखको ७.६ रेक्टर स्केलको भूकम्प आएपछि मात्रै यो यन्त्रको आवश्यकता बढी महसुस गरिएको हो । यही असारदेखि सो यन्त्र जडानको प्रक्रिया थालिएको हो । उपकुलपति पोखरेलका अनुसार यन्त्र जडान गर्न इन्स्टिच्युट अफ केयर लाइफसँग यसअघि ८० यन्त्र जडान गर्न सम्झौता भएको हो । नाष्टको आग्रहमा केयर लाइफले थप ४० यन्त्र जडानका लागि सम्झौता गर्न सहमत भएको छ । यस्तो प्रविधियुक्त यन्त्र नेपालमा पहिलो पटक भित्र्याइएको हो । भूकम्पप्रति चनाखो भई मानवीय क्षति कम गर्न यो प्रविधि उपयोगी हुने नाष्टले जनाएको छ । यो प्रविधिलाई सर्वसाधारण जनतासामु पु¥याउन एफएम रेडियो, मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने उपकुलपति पोखरेलले बताए । \'नेपालको भौगोलक अवस्थितिका आधारमा यस्ता ३२० यन्त्र क्रमशः देशभर जोड्ने सोचमा छौँ\' – उनले भने । पूर्व सूचना यन्त्र जडान गर्न प्रतियन्त्र करिब २० लाख लाग्छ । सो यन्त्रको स्थापनाले मानवीय क्षति न्यून गर्न प्रभावकारी भएको विज्ञको धारणा छ । तर भूकम्पबाट हुने क्षति कम गर्न बलियो भौतिक संरचनाको निर्माण नै पहिलो आवश्यकता हो । भूकम्पको जोखिम कम गर्न भौतिक संरचना नै भूकम्प प्रतिरोधी हुनुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको भनाइ छ । \'भूकम्पको केन्द्रसँगको दूरी, भौतिक संरचना आदिमा पूर्व सूचना यन्त्रको प्रभावकारिता कति रहने भन्ने निर्भर गर्छ तर भूकम्पीय जोखिम कम गर्ने किसिमको भौतिक संरचना निर्माण नै पहिलो सर्त हो\' – उनले भने । भूकम्प प्रविधि राष्ट्रिय समाजका सञ्चार संयोजक खड्गसेन ओली प्रारम्भिक तरङ्ग आउनासाथ सूचना दिने उक्त यन्त्र जडानले भूकम्पको केन्द्र भएको स्थानभन्दा टाढाका व्यक्ति तथा समुदायलाई विशेष लाभदायक हुने बताउछन् । \'त्यसका लागि सूचना प्रवाह गर्ने संयन्त्र अत्यन्त प्रभावकारी हुनुपर्छ\' – उनी भन्छन् । \'बीस सेकेन्डअघि सूचना दिने यो यन्त्रको सङ्केतले मानिसलाई सुरक्षित स्थानमा पुग्न सहज हुने भएकाले मानवीय क्षति घटाउँछ तर भूकम्पबाट हुने नोक्सानी कम गर्न बलियो भौतिक संरचना नै चाहिन्छ\' – उनले भने । भूकम्पविद् डा रमेश गुरागाईंले यन्त्र जडान सकारात्मक भएको बताउछन् । \'तर त्यसले प्रवाह गर्ने सूचना कुन रुपमा सर्वसाधारणसमक्ष पुग्छ भन्ने कुरा विशेष महत्वपूर्ण छ\' – डा गुरागाईंले भने । वैशाख १२ को र त्यसपछिका लगातारका परकम्पले करिब नौ हजार मानिसको निधन भइसकेको छ । करिब २२ हजार ५०० घाइते भए भने आठ लाख घरमा क्षति पुग्यो । यसअघि १९९० सालमा गएको भूकम्पमा पनि नेपालमा धेरै धनजनको क्षति भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending