काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु रेकर्ड भएको छ भने अर्काे १ जना आज आइतबार थपिएका छन् ।
कोरोनाबाट मुलुकमा शनिबार पहिलोपटक २९ वर्षीया गर्भवती महिलाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । संक्रमितमध्ये ३६ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।
संक्रमित पुरुष बढी, निको महिला
संक्रमितमध्ये ८१.९ प्रतिशत पुरुष र ८१.१ प्रतिशत महिला रहेका छन् ।
निको हुनेमा चाँहि २५ प्रतिशत महिला छन् । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका संक्रमित निको भएका छन् ।
३० देखि ३९ उमेर समूहका ६ जना, ४० देखि ४९ र ५० देखि ५९ उमेर समूहका २/२, ६० देखि ६९ उमेर समूहका ४ जना, ८० देखि ८९ उमेर समूहका एक जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
कुन उमेर समूहका कति ?
२० देखि २९ उमेर समूहका सबैभन्दा बढी ६४ जना संक्रमित छन् । त्यस्तै ० देखि ९ उमेर समूहका ७ जनामा कोरोना देखिएको छ ।
३० देखि २९ उमेर समूहका ५७ जना, १० देखि १९ र ४० देखि ४९ उमेर समूहका २७ जना, ५० देखि ५९ उमेर समूहका १६ जना, ६० देखि ६९ उमेर समूहका १४ जना, ७० देखि ७९ उमेर समूहका २ जना र ८० देखि ८९ उमेर समूहका १ जना संक्रमित रहेका छन् ।
कुन जिल्लामा कति संक्रमित ?
हालसम्म २८ जिल्लामा कोरोना फैलिसकेको छ ।
नेपालमा सबैभन्दा बढी पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँके र उदयपुरमा ३३/३३, रुपन्देशीमा २८ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार बिहान मात्रै रौतहटमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: