Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

साउन मसान्तभित्र संविधान–अध्यक्ष नेम्वाङ

\"nemwang\"२८ असार, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो साउन मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामा नागरिक क्षेत्रका संस्था र प्रतिनिधिसँग आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले संविधान जारीका लागि घोषित कार्यतालिका नभएपनि साउन मसान्तभित्र आउने बताए । उनले मस्यौदामाथि जनताको राय÷सुझाव लिने क्रममा पनि त्यही सन्देश दिन सभासद्सँग आग्रह गरे । मस्यौदाको प्रक्रियामा फरक मत राखी संविधानसभाका बैठक बहिष्कार गर्दै आएका दललाई पनि सुझाव र परिमार्जनको प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अध्यक्ष नेम्वाङले प्राप्त सुझाव एकीकृत गर्ने क्रममा ती दलका सुझावलाई पनि समेट्न कोसिस गरिने अवगत गराए । अध्यक्ष नेम्वाङले भने, “मस्यौदा जाने स्थिति हुनुले संविधान बन्ने आधार बनिसकेको छ, अब संविधान जारी हुनुको विकल्प छैन, गत संविधानसभामा अवसर गुमाउँदा हामी कहाँ पुग्यौँ रु संविधान जारीका लागि अहिले उपर्युक्त मौका छ, यसलाई गुमाउनु हुँदैन ।” संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले लोकतन्त्र भनेको जनताको सुझाव र सामथ्र्यलाई बलवान् मान्ने प्रणाली भएकाले मस्यौदा जनतामा सुझावका लागि पठाइएको उल्लेख गरिन्  । उनले नेपाली जनताले विसं २००७ देखि संविधानसभाबाट संविधान जारीको चाहनालाई पूरा गर्ने अवसर आएको बताइन् । समितिका सभापति प्रमिला राणाले जनताबीच धेरै समय दिन नपाइएपनि प्राप्त सुझावलाई सम्बोधन गरिने बताए । समितिले यही असार २५ गतेदेखि साउन ७ गतेसम्म जनताको सुझाव सङ्कलन र प्रतिवेदन तयारीको जिम्मा पाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नयाँ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को सुनिश्चितता हुनुपर्ने बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायालयबारे संविधानमा प्रावधान राख्दा विवेक पु¥याउनुपर्ने भन्दै संवैधानिक अदालत बनाउन नहुने विचार राखे । कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल, नेपाली काँग्रेसका सभासद् राधेश्याम अधिकारी, एमाओवादीका सभासद् रामनारायण विडारीलगायत नागरिक क्षेत्रका बुद्धिजीवीको पनि उपस्थिति थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending