काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार कोरोना भाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोना भाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ। अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।
सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ।
यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो। तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।
अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्। भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।
यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ। त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए।
उनले भने, “त्यो प्रक्षेपणलाई ध्यानमा राखेर सामग्रीको जोहो गर्न हामीले सुरु गरिसकेका छौँ। खासगरी परीक्षण किटको टेन्डर प्रक्रिया भइसकेको छ।” “पुरानो प्रक्षेपणमा ठूलो सङ्ख्यामा भारतबाट मानिस आउने कुरा यो स्तरमा सोचिएको थिएन। अब चाहीँ हामीले नयाँ प्रक्षेपण सुरु गरिसक्यौँ।”
दुई लाख पाँच हजार भीटीएम र १,७५,००० पीसीआर किट खरिदको प्रक्रियामा रहेको बताइएको छ। पीपीई, मास्क, पन्जा र अन्य स्वास्थ्य सामग्रीका हकमा भने मन्त्रालयले स्वीकृति दिइसकेको र स्रोत सुनिश्चितता हुनासाथ खरिद गरिने बताइएको छ।
झन्डै ७५ जनाको पीसीआर परीक्षण गर्दा एक जनाको अनुपातमा सङ्क्रमित देखिएको परीक्षणको पछिल्लो तथ्याङ्कले देखाएको हुनाले हाल खरिद गर्न लागिएका परीक्षण सामग्रीले पनि नपुग्ने उनको भनाइ छ।
हाल सबै प्रदेश र जिल्लामा आवश्यक परे जति व्यवस्था गर्न नसकिए पनि स्वास्थ्य सामग्री र परीक्षण किटको अभाव हुन भने नदिइएको दाबी निर्देशक डोटेलले गरे।
“अहिले लकडाउनको अवस्था छ, विश्वव्यापी सङ्कट छ, यातायात र ढुवानीमा असहजता छ। तैपनि हामीले सकेसम्म सामग्री अभाव हुन दिएका छैनौँ। मागेजति पाएका छैनन् होला तर पूर्ण अभाव हुन दिएका छैनौँ।”
“रणनीतिक रूपमै हामीले सानोसानो परिमाणमा सामग्री दिएका छौँ ताकि कतै त्यो थुप्रिएर नबसोस्। बरु एकपल्ट पठाए पुग्नेमा थोरैथोरै गरेर पटकपटक पठाएका छौँ। त्यसै अपेक्षा पूरा नभएको देखिएको होला तर सामग्रीको अभाव हुन दिएका छैनौँ।”
सङ्क्रमितको सङ्ख्या २,००० पुगेमा फेरि तथ्याङ्कको समीक्षा र विश्लेषण गरेर आवश्यक तयारी गरिने उनको भनाइ छ। हाल धेरै परीक्षण सामग्री एकै पटक ल्याउँदा त्यसलाई भण्डारण गर्न चाहिने तापक्रमअनुसार मिलाएर राख्न कठिन हुने भएकाले मध्यम स्तरमा खरिदको काम भइरहेको बताइएको छ।
सरकारले कुल जनसङ्ख्याको दुई प्रतिशत अर्थात् झन्डै ६,००,००० व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखेको बताइएको छ।
बीबीसी नेपाली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: