Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सरकार सुध्रिएर जनपक्षिय हुनुपर्छ –प्रचण्ड, सरकारले राम्रै गरिरहेको छ –ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुचर्चित स्थायी समिति बैठक आजबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेकपाका अध्यक्षद्वाय पुस्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आआफ्ना धारणा राखेपछि आजको लागी सकिएको छ र भोली पुन बस्नेछ ।

बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले सुध्रनु या सिद्दिनुको विकल्प नभएको बताएका छन् भने अर्का अध्यक्ष ओलीले सरकारको बचाव गर्दै पार्टीभित्र नै विपक्ष जन्मेको र राम्रो काम गर्दागर्दै आलोचना भएको बताएका छन् ।

स्रोतका अनुसार प्रचण्डले बैठकमा निकै गम्भिर भएर धारणा राखेका थिए । उनले प्रधानमन्त्री समेत रहेको ओली र सरकारप्रति लक्षित गर्दै घमण्ड र दम्भ बढेको बताएका थिए । उनको भनाई उल्लेख गर्दै स्रोत भन्छ, –‘सरकार र पार्टी सफल बनाउनका लागी आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटे तर घमण्ड र दम्भ बढ्यो र कसैका कुरा नसुन्ने जस्तो भयो ।’

उनले थपे, –‘अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो’ ।

उनले पार्टीमा यस्तै अवस्था रहे र नेतृत्वले कार्यशैली नसच्याए पार्टी विघटनको दिशामा जाने समेत बताए । उनले थपे, –‘अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

उनले भने, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

\"\"

साथै प्रचण्डले पार्टी सामु ‘फाइट टू फिनिस’ हुने गरी आन्तरिक सघर्षमा गएर एकता पैदा गर्ने विकल्प मात्रै बाँकी भएकोले सुध्रिन र पार्टीलाई एकताबद्द गर्न समेत भनेका थिए । उनले आफुहरुसँग एकताको बाटो रोज्नुपर्ने बाध्यताबाहेक अर्को विकल्प नरहेको भएपनि आन्तरिक सघर्षबाट एकता पैदा गर्ने मुडमा रहेको स्पष्ट पारेका थिए ।

यसैगरी अर्का अध्यक्ष ओलीले भने अधिकांश समय सरकारको कामको बचाव गरेका थिए भने पार्टीभित्रै विपक्षीहरु निस्केको बताएका थिए । स्रोतले ओलीको भनाई उदृत गर्दै भन्यो, –‘हाम्रा साथीहरूले आफ्ना असन्तुष्टि पार्टीका बैठकमा राखे हुने हो तर बाहिर भन्दै हिँड्नुहुन्छ’ उनले भने, -‘पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउँदा रहेछन्।’

उनले कम्युनिष्टको नेतृत्वमा सरकार बनेकोमा अन्तराष्ट्रिय र राष्ट्रियरुपमा केही मानिसहरुलाई मन नपरेकोले सरकारलाई असफल बनाउन लागि परेको समेत बताएका थिए ।

उनले सरकारले राम्रो काम गरिरहेको र कोरोनासँग सफलतापुर्वक लडिरहेको बताएका थिए । अर्का अध्यक्ष लगायतका नेताहरुप्रति इंगित गर्दै ओलीले आफुलाई घेराबन्दीमा पारेको गुटउपगुटको राजनीति भएको बताएका थिए ।

उनले अहिले गुटउपगुटमा लाग्ने बेला नभएको र महाधिवेशनसम्म सहमतिमै अघि बढ्नुपर्नेमा जोड गरेका थिए ।

दल विद्येयक गल्ती भएको थिएन

प्रधानमन्त्री ओलीले बैठकमा धारणा राख्दै दलविभाजनसम्बन्धि विद्येयक ल्याएर ‘आफुले गल्ती नगरेको बरु साथिहरुले भनेको मानेको’ बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending