Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यी विदेशी नागरिकता बोक्ने मन्त्रीहरुलाई के हुन्छ सरकार ?

\"greencard\"३१ असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति ऐन संशोधन गराएपछि बहालवाला  मन्त्रीबारे नयाँ रहस्यहरु बाहिर आएका छन् । पिआर धारी तथा ग्रीनकार्डधारी कर्मचारीको हकमा निजामति ऐन नियम लागु हुनेछ । यद्यपी मन्त्रीहरुको विषयमा भने ऐनले बोलेको छैन ।  कानुन कार्यान्वयन गर्ने मन्त्री नै विदेशी नागरिकता लिएको रहस्य बाहिर आईरहँदा राजनीतिको फोहोरी खेलले एकपटक फेरी आम नेपालीलाई  आहत तुल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् स्रोतका अनुसार बहालवाला मन्त्रीकै हातमा विदेश स्थायी बस्ने अधिकार प्राप्त कार्ड उपलब्ध छ । उनीहरुले पण्डितले ऐन पारित गर्ने तयारी गर्दा निकै विरोधसमेत गरेका थिए । नयाँ ऐनले मन्त्री तथा देशका उच्चपदस्थ मानिसहरुका बारेमा नबोले पनि राजनीतिक बृतमा यो विषय त्यत्तिकै सेलाउने देखिन्न । देश चलाउने मन्त्रीहरु नै विदेशी नागरिकता हातमा राखेर बसेपछि उनले देशका लागि कति न्याय गर्छन् भन्ने मात्रै प्रश्न उठेको छैन, उनीहरु यो देशका नागरिक हुन् कि होइनन् भन्ने समेत प्रश्न उठेको छ । कोइराला सरकार यी मन्त्रीहरुका बारेमा बोल्ला नबोल्ला तर आम मानिसहरु यस्ता मन्त्रीहरुका बारेमा मौन बस्न सक्दैनन् र हुँदैन पनि । जो सँग नागरिकता नै विदेशी छ उसले आफ्नो देशको शासन चलाउन हैसियत राख्छ कि राख्दैन ? यो गम्भिर विषय बनेको छ ।
यी मन्त्रीहरुमाथि तुरुन्त छानबिन गर

\"Ramडा.रामशरण महत
अर्थमन्त्री रामशरण महतसँग विदेश स्थायी बसोबासको प्रमाणपत्र छ । सन १९८० मा महत अमेरिकाको  न्युयोर्क र पाकिस्तानमा युएनडिपीको जागिरे भएर काम गरेका थिए । सोही  समयमा महतले अमेरिकाको ग्रिनकार्ड लिएका थिए । सामान्य प्रशासन मन्त्र लालबाबु पण्डितले निजामति ऐन संशोधन प्रयास गरेपछि महतले उनलाई असफल बनाउन विभिन्न हर्कत गरेका थिए ।

 

\"Minendraडा. मिनेन्द्र रिजाल
संचारमन्त्री मिनेन्द्र रिजाल अमेरिकी पिआरधारी मन्त्री हुन् । विभिन्न समयमा विवादीत बनेका उनी कांग्रेसभित्र अमेरिकी लविको मान्छेको रुपमा समेत व्याख्या गरिने गरेको छ ।  सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ऐन संशोधनको नीति ल्याउन खोज्दा रिजाल पनि रोक्न लागि परेका थिए ।

 

 

\"Narayan_khadka\"नारायण खड्का
सहरी विकास मन्त्री नारायण खड्का क्यानडाको नागरिक हुन् । उनीसँग क्यानडाको पिआर छ । भूकम्पपछि त्रिपाल खरिदमा अनियमितता गरेको आरोप लागेका उनी कार्यकर्तालाई पैसा बाढेर निकै निकै विवादीत समेत बनेका मन्त्री हुन् ।

 

 

\"Sunilसुनील थापा
वाणीज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा अमेरिकाका पिआरधारी मन्त्री हुन् । उनी पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका पुत्रसमेत हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending