Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सामसङले ल्यायो सबैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए८’, थाहा पाउनुस् विशेषता

\"samsung\"३१ असार, काठमाडौं । यदि तपाईं सामसङ ब्रान्डको निकै आकर्षक देखिने सबैभन्दा पातलो स्मार्टफोन किन्न चाहनुहुन्छ भने अब तपाईंको पालो आएको छ । कम्पनीले आफ्नो सामसङ ग्यालेक्सी ए८ स्लिम स्मार्टफोन सार्वजनिक गरेको छ । निकै आकर्षक देखिने यो फोन अहिलेसम्मको सबैभन्दा स्लिम स्मार्टफोन भएको कम्पनीले दाबी गरेको छ । मेटल फ्रेमबाट बनेकोः यो फोनको फ्रेम पातलो मेटलको छ जसका कारण यसको मोटाई मात्र ५.९ मिलिमिटर छ । यसैकारणले यो सामसङको सबैभन्दा पातलो स्मार्टफोन बनेको छ । अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन मानिने जिओनी एलाइफ एस७ (५.५ एमएम), ओप्पो आर५ (४.८५ एमएम) तथा वीवो एक्स५म्याक्स (४.७५) को श्रेणीमा यो फोनपनि समावेश भएको छ । \"samsung-galaxy-a8\"उत्कृष्ट विशेषताः बाहिरबाट हेर्दा नै निकै आकर्षक देखिने यो फोनमा ६४ बिट अक्टाकोर स्न्यापड्र्यागन ६१५ प्रोसेसर, २ जीबी र्याम तथा १६ जीबी इन्टरनल मेमोरी दिइएको छ । यसका साथै यसमा १२८ जीबीसम्मको मेमोरी कार्ड राख्न सकिन्छ । यसमा ३०५० एमएएचको ब्याट्रि राखिएको छ भने यसले ३०४ घण्टाको स्ट्याण्डबाई टाइम दिन्छ । आकर्षक डिस्प्ले र शानदार क्यामराः सामसङको यो नयाँ फोनमा ५.७ इन्चको फुल एचडी (१०८० पी) रिजोलुसन भएको सुपर अमोलेड डिस्प्ले स्क्रिन दिइएको छ । यसका साथै यसमा १६ मेगापिक्सेल रियर तथा ५ एमपी फ्रन्ट क्यामरा रहेको छ । यो फोनमा दुईवटा सिम राख्न सकिन्छ । \"samsung-galaxy-a8-photo3\"यी विशेषता पनि छन् उत्कृष्टः यो फोनमा फ्रिंगर प्रिन्ट स्क्यानर दिइएको छ जसका कारण यो सुरक्षाको दृष्टिकोणले पनि राम्रो मानिन्छ । यो एन्ड्रोइड ५.१.१ ललीपप अपरेटिङ सिस्टममा काम गर्दछ । टुजी र थ्रीजीका साथै यो स्मार्टफोन फोजी नेटवर्कमा पनि काम गर्दछ । यसका साथै यसमा ब्लुटूथ ४.१, वाईफाई, जीपीएस, ग्लोनास, बेईडु एनएफसी तथा युएसबी २.० पनि रहेको छ । यद्यपी, यसलाई चीनमा भित्र्याइएको छ, तर चाँडै नै यो नेपालमा पनि भित्रिने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies