Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

गोठालो बसेका दोर्जीको उच्च शिक्षाको जिम्मा एमाअाेवादी नेतृ लक्की शेर्पाले लिइन्

\"lucky३१ असार, काठमाडौं ।  परिवारले लिएको ६० हजार ऋण तिर्न नसक्दा साहुले ऋणवापत गोठालो राखेका दोर्जी शेर्पाको उच्च शिक्षाको जिम्मेवारी पूर्व सभासद्ले लिएकी छिन् । प्लसटु सम्मको सम्पूर्ण जिम्मेवारी एमाले सचिव योगेश भट्टराईले लिएका दोर्जीको त्यसपछिको सम्पूर्ण पढाई खर्च एमाओवादी नेतृसमेत रेहकी पूर्व सभासद् लक्की शेर्पाले लिएकी हुन् । अध्ययनका लागि केही दिन अघि मात्र राजधानी ल्याइएका दोर्जेको उच्च शिक्षाको जिम्मेवारी लिन पाउँदा आफू निकै खुसी भएको शेर्पा बताउँछिन् । उनी भन्छिन्, ‘प्लस टुसम्म अरुले जिम्मा लिएको रहेछ । ठिकै छ, उसलाई थप उच्च शिक्षाको खाँचो हुन्छ । बाँकी स्नातक, स्नातकत्तोर सबै पढाउने जिम्मेवारी म लिन्छु ।’ उनले शेर्पाखबरसँग भने । । दोर्जीको उद्धारमा समुदायको कम भूमिका प्रति दुःख व्यक्त गर्दै उनले समुदायको विकास, उत्थानका लागि समुदाय नै उठ्नुपर्नेमासमेत उनले जोड दिइन् । ‘दोर्जीको उद्धार सकारात्मक पाटो हो । उनी त प्रतिनीधि पात्र मात्रै हुन् । यहाँ अरुपनि कयौं त्यस्ता दोर्जेहरु होलान् । तीनीहरुको पनि उद्धार र व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ । हामीले सघाउनुपर्छ ।’ उनले थपिन् । अध्ययपन गराउने घोषणा गरेकी पूर्वसभासद् लक्कीले दोर्जीसँगै सिंगो समाजको रुपान्तरण र विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् । केहीदिनमै परिवारसँग भेटेर त्यसबारेमा थप छलफल गर्ने समेत सभासद् शेर्पाले जानकारी दिइन् । पूर्वसभासद् शेर्पाले यसअघि सिन्धुपाल्चोक गुम्बा गाविसका भूकम्पपीडित  १२  वर्षीय दावा शेर्पालाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मेवारीसमेत लिएकी छिन् । यस्तो छ, दोर्जी शेर्पाको दारुण कथा सदरमुकामबाट २ दिन पैदल लेलेप–३ टाँसीगाउँका दोर्ची शेर्पाका धनबहादुरको डेढ वर्षअघि मृत्यु भएको थियो । जन्डिस रोगबाट ग्रसित उनको लेलेपको सरस्वती च्यारिवुक उच्च मावि छेउमा काम गर्दागर्दै प्राण गएको हो । त्यतिबेला उनी लावाजिन प्राविमा कक्षा १ मा पढ्थे । त्यसको ६ महिनापछि उनी आमाको पछिपछि लागेर ‘साहु’कोमा गोठालो बस्न पुगे । दोर्जीकी जेठी भाउजू ललिताका अनुसार तीन सन्तानकी आमा ९दोर्चीकी आमा० दावाफुटीले बर्खान्त गर्ने पैसा कतै पाउन सकिनन् । जमानी राखेर माइलो छोरो ग्यावुलाई गोठालो राख्ने सर्तमा ६० हजार रुपैयाँ ऋण काढिन् । बर्खान्तपछि ग्यावु साहुकोमा गए । उनीहरूलाई लुङथुङका प्रेम शेर्पाले ऋण दिएका हुन् । दिवंगत पिताको बर्खान्त ९तरनतारन० मा लागेको खर्च भुक्तान गर्न पढाइ छाडेर गोठालो बस्न बाध्य लेलेप गाविस–३ टाँसीगाउँका दोर्ची शेर्पा बिहान–बेलुका घाँस–दाउरा गर्छन् र दिनभर गाई चराउँछन् । तीनवटा माउ गाई र तिनका बाच्छाबाच्छी स्याहार्ने जिम्मेवारी पाएका उनी तिनलाई घाँस–खोले गर्ने, खुवाउने, दूध दुहुने पनि गर्छन्। त्यति गरेबापत आमाले लिएको ऋणबाट वर्षमा १० हजार रुपैयाँ चुक्ता हुन्छ । दोर्चीका बाबु धनबहादुरको डेढ वर्षअघि मृत्यु भएको थियो । जन्डिसबाट ग्रसित उनको लेलेपको सरस्वती च्यारिवुक उच्च मावि छेउमा काम गर्दागर्दै प्राण गएको हो । त्यतिबेला उनी लावाजिन प्राविमा कक्षा १ मा पढ्थे। त्यसको ६ महिनापछि उनी आमाको पछिपछि लागेर ‘साहु’कोमा गोठालो बस्न पुगे । दोकी जेठी भाउजू ललिताका अनुसार तीन सन्तानकी आमा ९दोर्चीकी आमा० दावाफुटीले बर्खान्त गर्ने पैसा कतै पाउन सकिनन् । जमानी राखेर माइलो छोरो ग्यावुलाई गोठालो राख्ने सर्तमा ६० हजार रुपैयाँ ऋण काढिन् । बर्खान्तपछि ग्यावु साहुकोमा गए । उनीहरूलाई लुङथुङका प्रेम शेर्पाले ऋण दिएका हुन् । तर एक महिनामै ग्यावु त्यहाँबाट भागे । ललिताका अनुसार साहुले पैसा बुझाउन दबाब दिएपछि दावाफुटीले कान्छो छोरालाई साहुकोमा गोठालो बस्न र्पुयाइदिइन् । दोर्चीका जेठा दाजु पेम्वा शेर्पासँग विवाह गरेकी ललिताको परिवार छुट्टिएर आधा घण्टाको दूरीमा अर्काको जग्गा कमाएर बसेको छ। अहिलेसम्म २१ हजार रुपैयाँ तिरिएको र बाँकी पैसा बुझाएर निकाल्ने सल्लाह घरमा कहिलेकाहीं हुने गरेको ललिताले बताइन् । (साभार :शेपार् खबर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending