Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गोठालो बसेका दोर्जीको उच्च शिक्षाको जिम्मा एमाअाेवादी नेतृ लक्की शेर्पाले लिइन्

\"lucky३१ असार, काठमाडौं ।  परिवारले लिएको ६० हजार ऋण तिर्न नसक्दा साहुले ऋणवापत गोठालो राखेका दोर्जी शेर्पाको उच्च शिक्षाको जिम्मेवारी पूर्व सभासद्ले लिएकी छिन् । प्लसटु सम्मको सम्पूर्ण जिम्मेवारी एमाले सचिव योगेश भट्टराईले लिएका दोर्जीको त्यसपछिको सम्पूर्ण पढाई खर्च एमाओवादी नेतृसमेत रेहकी पूर्व सभासद् लक्की शेर्पाले लिएकी हुन् । अध्ययनका लागि केही दिन अघि मात्र राजधानी ल्याइएका दोर्जेको उच्च शिक्षाको जिम्मेवारी लिन पाउँदा आफू निकै खुसी भएको शेर्पा बताउँछिन् । उनी भन्छिन्, ‘प्लस टुसम्म अरुले जिम्मा लिएको रहेछ । ठिकै छ, उसलाई थप उच्च शिक्षाको खाँचो हुन्छ । बाँकी स्नातक, स्नातकत्तोर सबै पढाउने जिम्मेवारी म लिन्छु ।’ उनले शेर्पाखबरसँग भने । । दोर्जीको उद्धारमा समुदायको कम भूमिका प्रति दुःख व्यक्त गर्दै उनले समुदायको विकास, उत्थानका लागि समुदाय नै उठ्नुपर्नेमासमेत उनले जोड दिइन् । ‘दोर्जीको उद्धार सकारात्मक पाटो हो । उनी त प्रतिनीधि पात्र मात्रै हुन् । यहाँ अरुपनि कयौं त्यस्ता दोर्जेहरु होलान् । तीनीहरुको पनि उद्धार र व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ । हामीले सघाउनुपर्छ ।’ उनले थपिन् । अध्ययपन गराउने घोषणा गरेकी पूर्वसभासद् लक्कीले दोर्जीसँगै सिंगो समाजको रुपान्तरण र विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् । केहीदिनमै परिवारसँग भेटेर त्यसबारेमा थप छलफल गर्ने समेत सभासद् शेर्पाले जानकारी दिइन् । पूर्वसभासद् शेर्पाले यसअघि सिन्धुपाल्चोक गुम्बा गाविसका भूकम्पपीडित  १२  वर्षीय दावा शेर्पालाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मेवारीसमेत लिएकी छिन् । यस्तो छ, दोर्जी शेर्पाको दारुण कथा सदरमुकामबाट २ दिन पैदल लेलेप–३ टाँसीगाउँका दोर्ची शेर्पाका धनबहादुरको डेढ वर्षअघि मृत्यु भएको थियो । जन्डिस रोगबाट ग्रसित उनको लेलेपको सरस्वती च्यारिवुक उच्च मावि छेउमा काम गर्दागर्दै प्राण गएको हो । त्यतिबेला उनी लावाजिन प्राविमा कक्षा १ मा पढ्थे । त्यसको ६ महिनापछि उनी आमाको पछिपछि लागेर ‘साहु’कोमा गोठालो बस्न पुगे । दोर्जीकी जेठी भाउजू ललिताका अनुसार तीन सन्तानकी आमा ९दोर्चीकी आमा० दावाफुटीले बर्खान्त गर्ने पैसा कतै पाउन सकिनन् । जमानी राखेर माइलो छोरो ग्यावुलाई गोठालो राख्ने सर्तमा ६० हजार रुपैयाँ ऋण काढिन् । बर्खान्तपछि ग्यावु साहुकोमा गए । उनीहरूलाई लुङथुङका प्रेम शेर्पाले ऋण दिएका हुन् । दिवंगत पिताको बर्खान्त ९तरनतारन० मा लागेको खर्च भुक्तान गर्न पढाइ छाडेर गोठालो बस्न बाध्य लेलेप गाविस–३ टाँसीगाउँका दोर्ची शेर्पा बिहान–बेलुका घाँस–दाउरा गर्छन् र दिनभर गाई चराउँछन् । तीनवटा माउ गाई र तिनका बाच्छाबाच्छी स्याहार्ने जिम्मेवारी पाएका उनी तिनलाई घाँस–खोले गर्ने, खुवाउने, दूध दुहुने पनि गर्छन्। त्यति गरेबापत आमाले लिएको ऋणबाट वर्षमा १० हजार रुपैयाँ चुक्ता हुन्छ । दोर्चीका बाबु धनबहादुरको डेढ वर्षअघि मृत्यु भएको थियो । जन्डिसबाट ग्रसित उनको लेलेपको सरस्वती च्यारिवुक उच्च मावि छेउमा काम गर्दागर्दै प्राण गएको हो । त्यतिबेला उनी लावाजिन प्राविमा कक्षा १ मा पढ्थे। त्यसको ६ महिनापछि उनी आमाको पछिपछि लागेर ‘साहु’कोमा गोठालो बस्न पुगे । दोकी जेठी भाउजू ललिताका अनुसार तीन सन्तानकी आमा ९दोर्चीकी आमा० दावाफुटीले बर्खान्त गर्ने पैसा कतै पाउन सकिनन् । जमानी राखेर माइलो छोरो ग्यावुलाई गोठालो राख्ने सर्तमा ६० हजार रुपैयाँ ऋण काढिन् । बर्खान्तपछि ग्यावु साहुकोमा गए । उनीहरूलाई लुङथुङका प्रेम शेर्पाले ऋण दिएका हुन् । तर एक महिनामै ग्यावु त्यहाँबाट भागे । ललिताका अनुसार साहुले पैसा बुझाउन दबाब दिएपछि दावाफुटीले कान्छो छोरालाई साहुकोमा गोठालो बस्न र्पुयाइदिइन् । दोर्चीका जेठा दाजु पेम्वा शेर्पासँग विवाह गरेकी ललिताको परिवार छुट्टिएर आधा घण्टाको दूरीमा अर्काको जग्गा कमाएर बसेको छ। अहिलेसम्म २१ हजार रुपैयाँ तिरिएको र बाँकी पैसा बुझाएर निकाल्ने सल्लाह घरमा कहिलेकाहीं हुने गरेको ललिताले बताइन् । (साभार :शेपार् खबर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy