Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

छ हजार निरक्षरलाई साक्षर बनाइयो

१ साउन, बाबियाचौर (म्याग्दी) । विद्यार्थी परिचालन गरेर यस वर्ष म्याग्दीका छ हजारभन्दा बढी निरक्षरलाई साक्षर बनाइएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई परिचालन गरेर १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई अङ्क, अक्षर चिन्न, लेख्न र पढ्न सक्ने बनाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षर नेपाल कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो परिवारका सदस्य तथा छिमेकमा रहेका निरक्षरलाई साक्षर बनाएका हुन् । अभियानमार्फत यस वर्ष छ हजार ३६ निरक्षरलाई साक्षर बनाएको कार्यालयका विद्यालय निरीक्षक टेकप्रसाद पाण्डेले जानकारी दिनुभयो । माध्यमिक तहमा अध्ययनरत पाँच हजार १५ विद्यार्थीलाई परिचालन गरिएको थियो । निरक्षर पहिचान गरी उनीहरुलाई साक्षर बनाएबापत विद्यार्थीलाई स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको २५ अङ्कको प्रयोगात्मक परीक्षाअन्तर्गत १० अङ्क प्रदान गर्ने व्यवस्था रहेको छ । म्याग्दीमा बसोबास गर्ने एक लाख १३ हजार जनसङ्ख्यामध्ये करिब ७५ प्रतिशत साक्षर रहेका छन् । यसैगरी साक्षर बनिसकेकाको क्षमता अभिवृद्धि गर्न कार्यालयले २२ वटा सामुदायिक अध्ययन केन्द्रमा सञ्चालन गरेको साक्षरोत्तर कक्षाबाट चार हजार ६०० लाभान्वित भएका छन् । साथै १२ केन्द्रमार्फत ४० आयआर्जन समूह गठन गरी आयमूलक कार्यक्रम सञ्चालन गरिएको छ । द्वन्द्वप्रभावित नवसाक्षर महिला बालबालिकाका लागि ११ वटा केन्द्रमार्फत विशेष कार्यक्रम सञ्चालन भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending