Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कोरोनाको इपिसेन्टर छिमेकी मुलुक भारत–एकैदिन ५७ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भारतको मोदी सरकार असफल बनेको छ । कोरोना रोकथाम हुनुको साटो हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

भारतमा पछिल्ला सातादेखि दैनिक ५० हजार भन्दा बढी नयाँ संक्रमित थपिन थालेका छन् । शुक्रबार भने भारतमा आजसम्मकै उच्च संक्रमित देखिए । भास्कर दैनिकका अनुसार, शुक्रबार मात्रै ५७ हजार २ सय १२ जनामा कोरोना देखिएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९६ हजार ७ सय ८० पुगेको छ । यसअघि बिहिबार भारतमा ५४ हजार ७ सय ५० जनामा कोरोना देखिएको थियो ।

यही गतिमा कोरोना संक्रमण फैलिंदै जाने हो भने केही दिनमा नै भारत कोरोना संक्रमण हुने पहिलो देश बन्ने देखिन्छ ।

भारतमा अहिलेसम्म १० लाख ९५ हजार ६ सय ४७ जना कोरोनाबाट निको भएका छन् । अहिले ५ लाख ६४ हजार १ सय ५६ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेको संख्या भने ३५ हजार ५ सय ५१ पुगेको छ ।

भारतले कोरोना संक्रमणका केही घटना देखिनेबित्तिकै देशव्यापी लकडाउन जारी गरेको थियो । तर लकडाउनले मात्रै कोरोना संक्रमण भने रोकिन सकेन ।

कोरोना संक्रमण रोक्न असफल मोदी सरकार भने आम जनताको ध्यान हटाउन राम मन्दिर निर्माणको नयाँ फण्डामा जुटेको छ । शासकीय असफलतालाई ढाकछोप गर्न राष्ट्रियता या साम्प्रदायिक मुद्दा उछाल्ने भारतीय राजनीतिको पुरानो परम्परा हो ।

कोरोनाले उच्च रुप लिएको र सरकार पुरै असफल भएको बेला भारतले त्यसबाट हुने आलोचनाबाट जोगिन डोकलाममा चीनसँगको अनावश्यक विवाद अघि सारेको थियो ।

अहिले उक्त विवाद तत्कालका लागि समाधान भएपछि भारतीय सरकारले राम जन्मभूमिमा मन्दिर शिलान्यासको विषयले सरकारमाथिको ध्यान हटाउन खोजेको देखिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending