Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

आजदेखि राति सवारी चलाउन रोक

नवलपरासी । नवलपरासी (र्दघाट– सुस्ता पश्चिम)मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । कोरोना भाइरस फैलन सक्ने जोखिमलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको पाठकले बताए ।

यसैगरी नेपाल–भारत सीमानाकामा गस्ती बढाई अनधिकृत रुपमा हुन सक्ने आवागमनलाई थप कडाइका साथ नियन्त्रण गरिने प्रशासनले जनाएको छ । खुला सिमानाका कारण भारतबाट लुकीछिपी आवतजवात भइरहेकाले थप सङ्क्रमणको जोखिम बढेको छ ।

जिल्लामा रहेका शैलुन र ब्यूटीपार्लर बन्द गराउनाका साथै होटल र रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, गोष्ठी वा अन्य भेला पूर्णरुपमा निषेध गरिएको छ । बाह्र वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई कोरोना भाइरसको जोखिम उच्च रहेकाले घरबाट ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक कार्यका लागि बाहिर निस्किन परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउनका लागि सम्बन्धित सबै निकाय र स्थानीय तहबीच समन्वय गर्न निर्देशन दिइएको छ । साथै मास्क लगाउन प्रेरित गर्ने तथा सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा सचेतना अभिवृद्धि गराउनेसमेत निर्णय गरीएको छ । सचेत गराउँदासमेत स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लङ्घन गरे जो कोहीलाई पनि जरिवाना गरी सङ्क्रमण रोग ऐनअनुसार कारवाहीको दायरामा ल्याइने प्रजिअ पाठकले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy