Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जनसेनाको क्याम्प रोल्पामा बन्यो यस्तो पहिलो जनयुद्ध संग्रालय

रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ। त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो।

जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको बताइएको छ।

मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ। उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ।

सङ्ग्रहालयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुन बताउनुहुन्छ। “सङ्ग्रहालयबाट हामीले विगतमा गरेका कार्यको भावी सन्ततिले थाहा पाउनेछन्, हामीले युद्धबाट स्वर्णिम इतिहास रचेका छौँ”, पुनले भन्नुभयो।

यही व्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताउनुभयो।

देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनुभयो। उहाँले भन्नुभयो, “सङ्ग्रहालयको अवलोकन गरेर मात्रै भए पनि युद्धकालीन सोधकार्य गर्न सकिन्छ।”

रातभरि मौषमी चन्दा उठाउन आम जनताले सहयोग गरेको स्मरण गर्दै सङ्ग्रहालय बन्दा आफूलाई आनन्द महसुस भएको केसीले बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमूनाका रूपमा राख्नुपर्ने बताउनुभयो। उहाँले जनयुद्धकालीन सामग्रीलाई डेमोका रूपमा सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन माओवादी सेनाहरु जुन रूपमा बसेका थिए त्यतिखेरको स्वरुप जस्तो थियो, त्यस्तै रूपमा राख्नुपर्छ।”

उक्त सङ्ग्रहालयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ। सङ्ग्रहालय परिसरमा एक हजार ३०० मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युद्धकालीन संरचनाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रोल्पामा यस्ता युद्धकालीन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो।

प्रदेश सरकारको रु ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको रु ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताउनुभयो। लकडाउनका कारण उपभोक्ता समितिले केही रकम खर्च गर्न नसकेको डाँगीले बताउनुभयो।

सङ्घीय सरकार र प्रदेश सरकारको कूल रु ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो। प्यारामिटर एक हजार ३५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्ण कार्य गरिएको छ।

त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत् आएको पर्यटन विकासतर्फको बजेटले उक्त भौतिक पूर्वाधार निर्माण गरिएको डिभिजन वन अधिकृत दडिलाल कँडेलले जानकारी दिनुभयो। तत्कालीन सेनासँगको लडाइँमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेक राखिएको थियो।

विस्तृत शान्ति सम्झौतापछि विसं २०६३ मङ्सिर ५ गते पाँचौं डिभिजनअन्तर्गतका चार ब्रिगेडमध्येमा ज्वार स्मृति बिग्रेड तिलामा स्थापना गरिएको थियो। हाल झन्डै सात हेक्टर क्षेत्रफलमा उक्त सङ्ग्रहालय स्थापना गरिएको छ। हाल उक्त क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बेस क्याम्प राखिएको छ।

विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र सरकारी सेनाबीच दोहोरो भिडन्त भएको थियो। यी ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन्। युद्धकालीन समयमा रोल्पामा ९६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies