जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।
बाढीपहिरोबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ ।
त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए । अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । सबै डिपोमा चामल तत्काल पुर्याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ ।
खाद्यान्न आपूर्ति गर्न सडक मर्मत
बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम शुरु भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए । भौतिक पूर्वाधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सासम्मको सडक मर्मत गर्नका लागि निर्देशन दिइसकेको उनले बताए ।
सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमाटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिइएको हो । अहिले खच्चरमार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम शुरु गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: