काठमाडौ । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीका तर्फबाट रु चार करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको छ । नेपाली दूतावास रियाद सायदी अरबका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत रहेका अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ ।
दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ । दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँका विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण त्यहाँको अदालतका कामकारवाहीसमेत पूर्ववत् सञ्चालन हुन नसकेको र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाको नियमित पैरवी गरिने दूतावासले जनाएको छ । दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: