काठमाडौ । काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि काठमाडौँमा कोरोनाको सङ्क्रमण दरमा तीव्र वृद्धि भएको भन्दै तत्काल रोक लगाउन माग गरेको हो ।
अन्त्यन्त घनाबस्ती रहेको हुँदा कोरोना सङ्क्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थालाई मध्यनजर गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नसमेत माग गरिएको छ । त्यस्ता बिन्दुबाट अवैधरुपमा अनाधिकृतरुपमा समेत मानिस प्रवेश गर्ने गराउने कार्यलाई पूर्णतः नियन्त्रण गर्न फोरमले माग गरेको छ । यस्तै तेस्रो मुलुकबाट आउनसक्ने ठूलो सङ्ख्याको यात्रुलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकृत क्वारेन्टिन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्नुपर्नेमा सुझाव दिइएको छ ।
उपत्यकामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलन सक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा हुने ¥याली, भेला, अनशन, जुलुशलगायतका गतिविधि गर्नसमेत कठिनाइका साथ निषेध गरिनुपर्ने तथा भीडभाड हुने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन फोरमले सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै सङ्क्रमण हुनसक्ने सम्भवनालाई न्यूनीकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखी मास्क नलगाई आवतजावत गर्न तथा मास्कको उचित प्रयोग नगर्नेलाई कारवाही गर्न समन्वय गर्ने निर्णय फोरमको छ । उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई तत्कालका लागि तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आर्थिक गतिविधिलाई चलायमान गर्ने भन्दै सरकारले खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेष्टुराँ आदिमा कोरोनाको सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले त्यस्ता क्षेत्रमा यथाशक्य सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याउने निर्णय भएको फोरमले उल्लेख गरेको छ ।
अनाधिकृतरुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदूर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएका बढी देखिएको भन्दै उपत्यका फोरमले तरकारी व्यापारलाई साँझ बिहान मात्र सीमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मका लागि निषेध गर्नुपर्ने निर्णय गरिएको जनाएको छ । उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको उपयुक्त व्यवस्था गरी मजदूरलाई त्यही रहने व्यवस्था गर्न र सुरक्षा मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने व्यवस्था गर्न निर्णयमा भनिएको छ । सामाजिक सुरक्षा भत्ता प्रायोजनका लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकामा उक्त म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड हुने र कोरोनाको जोखिम बढ्ने भएकाले उक्त म्यादलाई बढाएर असोज मसान्तसम्म पुर्याइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: