प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप, शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबीे
धनगढी । मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका धनगढीका दलित युवकको जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको छ । प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप छ भने शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - धनगढी–५ का १९ वर्षीय रोशन विकलाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २२ भदौमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनको २६ भदौमा मृत्यु भएको थियो । उनी थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टको भनाइ छ ।
रोशनका आफन्तजनले प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन् । ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ रोशनका बुबा टेक विकले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’
शुक्रबार उनका आफन्तजनले दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । शनिबार भने सुदूरपश्चिम प्रदेश प्रहरीले सशस्त्र प्रहरी गणका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेपछि रोशनको शव बुझेर दाहसंस्कार गरेका छन् ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख झंकर रावलले घटनाको विस्तृत अध्ययन गरिने बताएका छन् । प्रहरी हिरासतमा रहेका मान्छेको मृत्यु हुनुले हिरासतको सुरक्षा बन्दोबस्त कमजोर रहेको देखिएको उनको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: