काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ ।
गत चैत ११ गतेदेखि आन्तरिक उडानमा प्रतिबन्ध लागेको थियो । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ ।
सोमबारका दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ ।
जम्मा ५४
सौर्य एयरलायन्सलाई उडान अनुमति दिएको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी वायुसेवालाई माघ–चैतमा पाएको उडान अनुमतिको हिस्साका आधारमा २५ प्रतिशतमात्रै उडान तालिका स्वीकृत गरेको हो ।
दुई दर्जन हाराहारी विमानस्थल खुला हुने बताए ।
भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, साफेबगर, बाजुरा, हुम्ला, जुम्ला, रारा, डोल्पा, जोमसोम, सुर्खेत, रुकुम, लुक्ला, फाप्लु, खानिडाडा, भोजपुर, लामिडाडा, ताप्लेजुङ
आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन् । तर, पीसीआर लगायतका जाँच अनिवार्य गरिएको छैन । विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ । त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ । हाते झोलबाहेक पहिले जस्तो लगेज साथै लैजान रोक लगाइएको छ । घरपालुवा जनावर पनि हाललाई ओसारपोसारमा रोक लगाइएको छ । वायुसेवाहरुले ७० वर्षभन्दा माथि उमेर भएका, दीर्घरोगी, गर्भवती महिलालाई सकभर यात्रा नगर्न सुझाएको छ ।
यसअघि विमानभित्र प्राप्त हुने पत्रपत्रिका, खाजा, पानी लगायतका सुविधा हाललाई रोक लगाइएको छ । विमानस्थलमा यात्रुको तापक्रम अनिवार्य जाँच हुनेछ भने यात्रुले मास्क लगाउनु पर्ने नियम पनि अनिवार्य बनाइएको छ ।
प्राधिकरणले वायुसेवा र यात्रुहरुले संक्रमण रोकथामका उपाय अबलम्बन गरे नगरेको अनुगमन गर्न सबै विमानस्थलमा प्रमुखसहित शुरक्षा निकायसहितको सहभागितामा निरीक्षण गर्न कमिटी बनाएको छ । यो कमिटीले विमानस्थल खुला भएपछि निगरानी गर्ने छ । प्राधिकरणले एक सातापछि अहिलेको जारी १० दिनको उडान तालिकालाई वायुसेवा कम्पनीको मागको आधारमा थपघट गर्दैअर्को तालिका सार्वजनिक गर्नुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: