काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको खुलासा भर्खरै भएको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ - नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले के–के र कस्ता–भित्री सम्झौता गर्नुभयो भन्ने कुराको घुनपुत्लो केलाउने क्रममा यस्तो कुराको खुलासा भएको हो । शंका थियो, झलनाथ र माधवलाई धोका दिएर प्रचण्डले केपीसँग एक्लाएक्लै लेनदेनका कुरा गर्नुभयो । हैन भने किन एकाएक प्रधानमन्त्री हटाउने सहमतिबाट पछि हट्नुभयो ? यी प्रश्नसाथ करिव आधा दर्जन नेकपा नेताबीच चलेको गम्भीर छलफलका क्रममा प्रचण्डले सुनाउनुभएको प्रसंग हो यो ।
जतिबेला पार्टीको ९ सदस्यीय सचिवालयभित्र प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिनुपर्दैन भन्नेमा ईश्वर पोखरेलमात्र थिए, संसदीय दल, स्थायी र केन्द्रीय कमिटीमा पनि त्यही गणित निस्कियो– यस्तो स्थितिमा प्रधानमन्त्री ‘ना रहे बाँस, ना बाजे बाँसुरी’ को रणनीतिसाथ अग्रसर भइसकेको एउटा प्रसङ्ग प्रचण्डले सुनाए । अर्थात्, कानुन, संविधान र परिस्थिति भाँडमै जाओस्, तर संसद भंग गर्दै संकटकाल लागु गरेर अगाडि बढ्ने ।
यो काम गरिहाल्नुपर्छ भन्नेमा कर्ण थापा, महेश बस्नेत, गोकुल बाँस्कोटाजस्ता भित्रियाहरूको अचम्मको उक्साहट थियो । कर्णले त भाषण नै गरेका थिए, ‘बरु मुलुक भाँडमा जाओस्, तर कुनै हालतमा केपी हट्दैनन् ।’ तर, यो सुल्टो बाटो हुँदैन, देशकै लागि उल्टो र आत्मघाती हुन्छ भन्नेमा थिए– शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरू ।
यस्तो सूचना सबैतिर दिँदै कुरा गर्ने अवस्था पनि थिएन । त्यसमाथि माधव, झलनाथलाई पुस्तैनी दुश्मनझैँ ठान्ने प्रवृत्ति छ । त्यसैले शंकर, प्रदीप, विष्णु, पृथ्वीमध्येका नेताले प्रचण्डलाई सबै कुराको बेलिविस्तार लगाए ।
उक्त छलफलका क्रममा प्रचण्डले भने, ‘मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा म पुगेँ । त्यो काम रोक्नका निम्ति भए पनि अलिकति पछाडि हट्नु परेको हो । माधव, झलनाथजीहरू तर्सिनु पर्दैन । तपाईंहरू नहुँदा म के हुन्छु भन्ने पनि बुझिसकेको छु । यसकारण मबाट जानाजान धोका हुन्छ भन्ने त कल्पना पनि नगर्नुस् ।’
उहाँले केपी ओली दृष्टिकोणविहीन नेता भएको र हावादारी मानिसहरूको हुल जम्मा पारेर उनीहरूकै उक्साहटमा चल्ने शैलीबाट आफू आजित भएको भन्दै माधव नेपालसँग शान्ति प्रक्रियाको प्रारम्भकालदेखि काम गरेको स्मरण पनि गर्नुभएको बताइन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: