चाणक्य नीतिः घरमा यस्ता मानिस भए चाँडै मृत्यु हुने निश्चित
श्रावण ४ गते, २०७२ सोमवार 20th July, 2015 Mon१४:२५:३२ मा प्रकाशित
काठमाडौं । साधारणतया मानिसहरु आफ्नो घरमा खुसी ल्याउनको लागि हरेक कोसिस गर्दछन् । कसैले घर बनाउँदा हरेक कुरालाई वास्तु र दिशा–दोष देखाएर मात्र बनाउने गर्दछन् । धेरै मानिसहरु घरमा प्रवेश गर्नुपूर्व नराम्रो आत्माहरुलाई भगाउनको लागि पूजा पाठ गराउने गर्दछन् । तर यति हुँदा हुँदै पनि घरमा कलह र लडाइँ झगडाजस्ता कुराहरु भइरहन्छन् जसले गृहस्वामीलाई कष्ट दिने गर्दछन् । कूटनीति र धर्मनीतिका मर्मज्ञ आचार्य चाणक्यको भनाई अनुसार तपाईंको घरमा केही भिन्न प्रकृतिमा मानिसहरु रहन्छन् भने तपाईंको मृत्यु निश्चित छ । थाहा पाउनुहोस्, घरमा कस्तो प्रकारको मानिसहरुको बासले घरमूलीको मृत्यु निश्चित मानिन्छ र यसलाई चाणक्यले पनि पुष्टि भएको मानिन्छ ।
दुष्ट प्रकृतिको स्त्रीले गृहस्वामीलाई कष्ट दिनेः
यदि तपाईंको घरमा दुष्ट प्रकारको स्त्रीको बास छ भने घरमूलीको जीवनलाई खतरा मानिन्छ किनभने यस्ता स्त्रीको कामकाजले उनको मृत्युको सम्भावना बढाइदिएको हुन्छ । चाणक्य यस्तो यसकारण मान्ने गर्दथे किनभने दुष्ट प्रकृतिको स्त्री घरमा रहँदा जताततै नकारात्मकता फैलिने गर्दछ । यसका साथै उनले सधैं गलत कामलाई प्रेरित गर्ने गर्दछिन् जो मृत्युको कारण बन्ने गर्दछ ।
छल गर्ने साथीलाई कहिले पनि घरमा नराख्नुहोस्ः
समझदार व्यक्ति आफ्नो मित्र र शत्रुबिचको भिन्नता बारे सबै थाहा पाउँछ । यति हुँदा हुँदै पनि यदि तपाईंले छल गर्ने व्यक्तिलाई घरमा बास दिनुहुन्छ भने यो तपाईंको लागि उचित हुँदैन । किनभने सानो मौका मिल्ने बित्तिकै उनी तपाईंको मृत्युको कारण बन्न सक्छन् । यदि तपाईं धनवान् हुनुुहुन्छ भने यसको सम्भावना अझ उच्च हुन्छ । त्यसकारण छल गर्ने साथीलाई कहिले पनि आफ्नो घरमा नराख्नुहोस् ।
मुख चलाउने नोकरः
आजकाल धेरैजसो मानिसहरु आफ्नो घरमा नोकर राख्ने गर्दछन् । यदि तपाईंको नोकरले अभद्र व्यवहारसहित तपाईंमाथि मुख चलाउने गर्दछ भने त्यस्तो नोकरले तपाईंलाई कहिले पनि धोका दिन सक्छन् । यदि तपाईंले त्यस्ता नोकरलाई गाली गर्ने, एक दुई थप्पड लगाउने गर्नुहुन्छ भने प्रतिशोधमा उनले तपाईंको हत्यासमेत गर्न सक्छन् ।
घरमा सर्प राख्नु पनि ठिक होइनः
यदि तपाईं जहाँ बस्नु हुन्छ त्यहाँ पहिले देखि नै कुनै सर्पको बास छ भने त्यो तपाईंको लागि राम्रो होइन । साधारणतया पुरानो जग्गामा घर बनाउँदा त्यहाँ पहिलेदेखि नै सर्प लुकेर बसेको हुन्छ पछि त्यो अचानक निस्कने गर्दछ । यस्ता सर्पले घरको सदस्यलाई टोक्ने गर्दछ जसले परिवारको मृत्युसमेत निम्त्याउने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: