विवाह, धोका र प्रेमले सजिएको छ शिल्पाको ‘राज’ को कहानी
श्रावण ४ गते, २०७२ सोमवार 20th July, 2015 Mon१५:५१:३३ मा प्रकाशित
क्रिकेटका ‘ब्याड ब्वाई’ राज कुन्द्रा अब जीवनभरी क्रिकेटसँग जोडिन सक्दैनन् । लण्डनका यी एनआरआई बिजनेसम्यान व्यवसायीक जीवनमा नभई आफ्नो व्यक्तिगत जीवनमा पनि विवादले घेरिएका छन् । बलिउडकी हट डिभा शिल्पा शेट्टीका श्रीमान राजकी उनी दोस्री श्रीमती हुन् । जब राजले कवितासँग सम्बन्ध तोडिन् तब शिल्पामाथि अनेक आरोप लागेको थियो ।
जब उनीहरु भेटेः
राज कुन्द्रा र शिल्पा पहिले बिजनेस पार्टनर बने र त्यहाँबाटै उनीहरुको सम्बन्धले नयाँ मोड लियो । दुबैजना पहिले बिजनेस मिटिङको लागि भेटेका थिए । राजले शिल्पालाई एक परफ्युमको ब्रान्ड प्रोमोसनको लागि सघाएका थिए । जब उनीहरुलाई सँगै देखियो तब उनीहरु नजिकिएको खबर मिडियामा आउन थाल्यो । त्यतिबेला राजले आफूहरु साथी मात्र भएको जानकारी मिडियालाई दिएका थिए ।
जब साथीबाट प्रेमीमा परिवर्तन भएः
३२ वर्षका उमेरमा शिल्पाकी आमा सुनन्दाले उनीमाथि विवाहको दबाब दिन थालिन् । त्यतिबेला शिल्पा र राज एकअर्कासँग धेरै समय बिताउँदै थिए । त्यतिबेला शिल्पाले एक अन्र्तवार्तामा आफू कसैलाई डेट गरिरहेको स्विकारेकी थिइन् । त्यतिबेला शिल्पाले राजको बारेमा नै बताएको धेरै मिडियाले अडकलबाजी गरिरहेका थिए ।
शिल्पालाई ‘म्यारिज ब्रेकर’ भनियोः
शिल्पा र राजको प्रेम उकालो चढ्दै थियो तब राजकी पहिलो श्रीमतीले उनीहरुको जीवनमा भुँइचालो ल्याइदिइन् । राजकी पहिलो श्रीमती कविताले शिल्पालाई श्रीमान खोसेको आरोप लगाएकी थिइन् । यहाँसम्म कि कविताले शिल्पालाई ‘म्यारिज ब्रेकर’ सम्म भनिन् । कविताका अनुसार शिल्पाका कारण नै उनले आफ्नी छोरी डेलीनाको जन्म भएको दुई महिनामा नै सम्बन्धविच्छेदको नोटिस दिएका थिए । उनले भनेकी थिइन्, ‘शिल्पा भारतीय समूदायको कल्चर आइकन हुन् तर उनी त्यो होइनन् जो देखाउँछिन् ।’
शिल्पाले सफाई दिइन्ः
शिल्पा कविताको आरोपले निकै दुखी भइन् उनले आफ्नो बचाउ गर्दै भनिन्, ‘म कविताको आरोपमा निकै दुखी छु । कवितालाई राम्रोसँग थाहा छ कि उनीहरुको जीवनमा त्यतिबेलादेखि तनाव थियो जतिबेला मैले राजलाई चिन्दैनथें । राजले पनि आफ्नो कवितासँगको सम्बन्ध १२ महिना पहिले नै सिद्धिसकेको बताएका थिए जसमा मेरो केही पनि दोष छैन ।’
यी सबै विवादपछि अन्त्यमा शिल्पाले राजलाई विवाह गरेरै छाडिन् । दुबैले सन् २००९ मा विवाह गरे । सन् २००९ को नोभेम्बर २२ मा दुबै विवाह बन्धनमा बाँधिए । त्यहि वर्ष आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशत हिस्सा किनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: