Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सुझाव सङ्कलनः कतै विरोध, कतै शान्तिपूर्ण

\"Masauda-Cover\"४ साउन, काठमाडौं । मुलुभकर सोमबारदेखि सुरु भएको ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलन कतै विरोध तथा कतै शान्तिपूर्ण तवरले सञ्चालन भइरहेका छन् । जिल्लास्थित समाचारदाताका अनुसार विशेषगरी तराईका जिल्लामा केही मधेसकेन्द्रित दलले मस्यौदामाथि विरोध जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् भने अन्य जिल्लामा सुझाव सङ्कलन शान्तिपूर्ण भइरहेका छन् । भाषा विवाद कावासोती– मस्यौदामा नागरिकको सुझाव लिन आएका सभासद्को टोली आफ्ना निर्वाचन क्षेत्रमा सुझाव लिइरहेको अवस्थामा आपसमा भनाभन हुँदा नवलपरासी क्षेत्र नं ५ मा सुझाव सङ्कलन नै रोकिएको छ । सुझाव राख्ने क्रममा केही नागरिकले हिन्दी भाषामा सुझाव राख्दा अन्य सहभागीले नेपाली भाषामा बोल्नुपर्ने आवाज उठाएपछि भनाभन भएको थियो । भनाभनलाई साम्य पार्दै अगाडि बढ्दा पनि बीचमा फेरि त्यस्तै समस्या देखिएको थियो । भनाभनले उग्ररुप लिएपछि साेमबारका लागि सुझाव लिने काम स्थगित गरिएको प्रजिअ हरिप्रसाद मैनालीले जानकारी दिए । भाषाको विवादले कार्यक्रमस्थलमै होहल्ला भएपछि उनीहरूले आफ्नो विरोधलाई चर्को बनाएका थिए । मधेसकेन्द्रित केही दलले यसपछि विरोधलाई चर्को बनाएका हुन् । क्षेत्र नं ४ र ६ मा पनि सुझाव सङ्कलनको सुरुमा विरोध आए पनि अहिले शान्तिपूर्ण तवरले सुझाव सङ्कलन भइरहेको बताइएको छ । ‘पूर्ण प्रेस स्वतन्त्रता कायम हुनुपर्छ’ वीरगन्ज– नयाँ संविधानमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्न खोजेकाले त्यसलाई सच्याउन यहाँका सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाले सुझाव दिएका छन् । सुझाव सङ्क्कलन कार्यक्रममा उनीहरूले नयाँ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ नै कायम गर्न सक्नुपर्छ धारणा राखे । अन्तरिम संविधान–२०६३ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्यांश रहेकामा मस्यौदामा पूर्ण शब्द हटाउँदा पहिले दिएको स्वतन्त्रतामाथि सङ्कुचन गर्न खोजिएको अर्थ लाग्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतो, नेपाली कांग्रेसका नेता राजकृष्ण अमात्य, मानवअधिकारकर्मी परमानन्द चौधरीलगायतले प्रेसलाई कुनै पनि ढङ्गले सङ्कुचित गर्ने खालको प्रावधान नराख्न आग्रह गरे । राय सङ्कलन स्थगित धनुषा– धनुषा क्षेत्र नं २, ४ र ५ मा मस्यौदामाथि विरोध गर्दै प्रदर्शन हुन थालेपछि राय सङ्कलन स्थगत गरिएको छ । क्षेत्र नं ४ मा राय सङ्कलनका लागि तय गरिएको कार्यक्रमस्थल जनकपुर उद्योग वाणिज्य सङ्घ अगाडि मधेसकेन्द्रित दलका नेता, कार्यकर्ताले प्रदर्शन गरेपछि झडप भएको थियो । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रममा अवरोध उत्पन्न भएपछि अपराह्न् ३ बजे कार्यक्रम स्थगन गरिएको थियो । निर्वाचन क्षेत्र नं २ र ५ मा पनि राय सङ्कलनको विरोध हुन थालेपछि कार्यक्रम स्थगन गरिएको बताइएको छ । निर्वाचन क्षेत्र नं १, ३, ६ र ७ मा विरोधका बीच निर्धारित समयभन्दा ढिलो गरी कडा सुरक्षाका साथ राय सङ्कलन कार्यक्रम सञ्चालन भएको थियो । राय सङ्कलनमा सहभागी सर्वसाधारणले सीमाङ्कनसहितको सङ्घीयता ल्याउनुपर्ने राय सुझाव दिएका छन् । हिन्दू राष्ट्र माग धादिङ–यहाँका जनताले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापना हुनुपर्नेमा जोड दिएका छन् । यहाँ भएको सुझाव सङ्कलन कार्यक्रममा अधिकांशले हिन्दू राष्ट्रको पक्षमा धारणा राखे । उनीहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने र पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने सुझाव पनि दिए । हेटौँडा– मकवानपुरको क्षेत्र नं १ को जनमत सङ्कलन गर्ने क्रममा हेटौँडा उपमहानगरपालिकाको हटियामा सुझाव सङ्कलन कार्यक्रमस्थलमा राप्रपा नेपाल मकवानपुरले मोटरसाइकल यात्रा गरी संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने माग गर्दै नारा, जुलुस र धर्ना गरेको छ । सुझाव सङ्कलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव दिएका छन् । जनमत सङ्कलन कार्यक्रममा सभासद् इन्द्रबहादुर बानियाँ र अनन्तप्रसाद पौडेल, प्रजिअ रामप्रसाद थपलियालगायत संविधानसभाबाट खटिएका कर्मचारीको सहभागिता थियो । चितवन– यहाँ सर्वसाधारणले हिन्दू राज्य हुनुपर्ने, सबै निकायका प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनुपर्ने, सबै तहमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने, रोजगारीको प्रत्याभूति हुनुपर्ने, चितवनलाई प्रदेशको राजधानी बनाउनुपर्ने, थारु, चेपाङ स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने, महिला आरक्षणको व्यवस्था हुनुपर्ने जस्ता विषयलाई संविधानमा समेट्न सुझाव दिएका छन् । सो कार्यक्रममा प्रत्यक्षतर्फका सभासद् विक्रम पाण्डे र समानुपातिक सभासद् उमेश श्रेष्ठले सुझाव सङ्कलन गरेका थिए । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले दुई सय ५० देखि सात सय जनासम्मको सहभागितामा पाँच ठाउँमा शान्तिपूर्ण ढङ्गबाट सुझाव सङ्कलन भएको बताए । सुझाव राख्न पाएनन् लुम्बिनी– रुपन्देहीको क्षेत्र नं ६ र ७ का अधिकांश जनता संविधानको पहिलो मस्यौदामा सुझाव राख्नबाट वञ्चित भएका छन् । मधेसी जनताको बाहुल्य रहेको क्षेत्र नं ६ र ७ मा सुझाव सङ्कलन केन्द्रमा मधेसकेन्द्रित दलका नेता तथा कार्यकर्ताले मस्यौदा नियन्त्रणमा लिएकाले जनता सुझाव राख्नबाट वञ्चित भएका हुन् । आफ्नो राय सुझाव राख्न भन्दै पाँच÷सात किमी टाढादेखि केन्द्रमा पुग्नुभएका लुम्बिनीका अमेरिका कोहारले मधेसकेन्द्रितको विरोधका कारण सुझाव राख्न नपाइएको बताउँदै यसबाट आफ्नो राय सुझाव राख्न पाउने अधिकारको हनन भएको गुनासो गरे । राप्रापा नेपालद्वारा प्रदर्शन लहान–नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राप्रपा नेपाल सिरहाले सोमबार यहाँ प्रदर्शन गरेको छ । लहानस्थित शिव मन्दिर अगाडिबाट निस्केको पदयात्रा नगर परिक्रमापछि सहिद चोकमा पुगेर सभामा परिणत भएको थियो । नगर परिक्रमापछि आयोजित सभामा वक्ताले जनभावनाविपरीत दलले नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेको आरोप लगाउँदै नयाँ संविधानमा हिन्दू राज्य कायम गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending