Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सुझाव सङ्कलनः कतै विरोध, कतै शान्तिपूर्ण

\"Masauda-Cover\"४ साउन, काठमाडौं । मुलुभकर सोमबारदेखि सुरु भएको ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलन कतै विरोध तथा कतै शान्तिपूर्ण तवरले सञ्चालन भइरहेका छन् । जिल्लास्थित समाचारदाताका अनुसार विशेषगरी तराईका जिल्लामा केही मधेसकेन्द्रित दलले मस्यौदामाथि विरोध जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् भने अन्य जिल्लामा सुझाव सङ्कलन शान्तिपूर्ण भइरहेका छन् । भाषा विवाद कावासोती– मस्यौदामा नागरिकको सुझाव लिन आएका सभासद्को टोली आफ्ना निर्वाचन क्षेत्रमा सुझाव लिइरहेको अवस्थामा आपसमा भनाभन हुँदा नवलपरासी क्षेत्र नं ५ मा सुझाव सङ्कलन नै रोकिएको छ । सुझाव राख्ने क्रममा केही नागरिकले हिन्दी भाषामा सुझाव राख्दा अन्य सहभागीले नेपाली भाषामा बोल्नुपर्ने आवाज उठाएपछि भनाभन भएको थियो । भनाभनलाई साम्य पार्दै अगाडि बढ्दा पनि बीचमा फेरि त्यस्तै समस्या देखिएको थियो । भनाभनले उग्ररुप लिएपछि साेमबारका लागि सुझाव लिने काम स्थगित गरिएको प्रजिअ हरिप्रसाद मैनालीले जानकारी दिए । भाषाको विवादले कार्यक्रमस्थलमै होहल्ला भएपछि उनीहरूले आफ्नो विरोधलाई चर्को बनाएका थिए । मधेसकेन्द्रित केही दलले यसपछि विरोधलाई चर्को बनाएका हुन् । क्षेत्र नं ४ र ६ मा पनि सुझाव सङ्कलनको सुरुमा विरोध आए पनि अहिले शान्तिपूर्ण तवरले सुझाव सङ्कलन भइरहेको बताइएको छ । ‘पूर्ण प्रेस स्वतन्त्रता कायम हुनुपर्छ’ वीरगन्ज– नयाँ संविधानमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्न खोजेकाले त्यसलाई सच्याउन यहाँका सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाले सुझाव दिएका छन् । सुझाव सङ्क्कलन कार्यक्रममा उनीहरूले नयाँ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ नै कायम गर्न सक्नुपर्छ धारणा राखे । अन्तरिम संविधान–२०६३ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्यांश रहेकामा मस्यौदामा पूर्ण शब्द हटाउँदा पहिले दिएको स्वतन्त्रतामाथि सङ्कुचन गर्न खोजिएको अर्थ लाग्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतो, नेपाली कांग्रेसका नेता राजकृष्ण अमात्य, मानवअधिकारकर्मी परमानन्द चौधरीलगायतले प्रेसलाई कुनै पनि ढङ्गले सङ्कुचित गर्ने खालको प्रावधान नराख्न आग्रह गरे । राय सङ्कलन स्थगित धनुषा– धनुषा क्षेत्र नं २, ४ र ५ मा मस्यौदामाथि विरोध गर्दै प्रदर्शन हुन थालेपछि राय सङ्कलन स्थगत गरिएको छ । क्षेत्र नं ४ मा राय सङ्कलनका लागि तय गरिएको कार्यक्रमस्थल जनकपुर उद्योग वाणिज्य सङ्घ अगाडि मधेसकेन्द्रित दलका नेता, कार्यकर्ताले प्रदर्शन गरेपछि झडप भएको थियो । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रममा अवरोध उत्पन्न भएपछि अपराह्न् ३ बजे कार्यक्रम स्थगन गरिएको थियो । निर्वाचन क्षेत्र नं २ र ५ मा पनि राय सङ्कलनको विरोध हुन थालेपछि कार्यक्रम स्थगन गरिएको बताइएको छ । निर्वाचन क्षेत्र नं १, ३, ६ र ७ मा विरोधका बीच निर्धारित समयभन्दा ढिलो गरी कडा सुरक्षाका साथ राय सङ्कलन कार्यक्रम सञ्चालन भएको थियो । राय सङ्कलनमा सहभागी सर्वसाधारणले सीमाङ्कनसहितको सङ्घीयता ल्याउनुपर्ने राय सुझाव दिएका छन् । हिन्दू राष्ट्र माग धादिङ–यहाँका जनताले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापना हुनुपर्नेमा जोड दिएका छन् । यहाँ भएको सुझाव सङ्कलन कार्यक्रममा अधिकांशले हिन्दू राष्ट्रको पक्षमा धारणा राखे । उनीहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने र पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने सुझाव पनि दिए । हेटौँडा– मकवानपुरको क्षेत्र नं १ को जनमत सङ्कलन गर्ने क्रममा हेटौँडा उपमहानगरपालिकाको हटियामा सुझाव सङ्कलन कार्यक्रमस्थलमा राप्रपा नेपाल मकवानपुरले मोटरसाइकल यात्रा गरी संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने माग गर्दै नारा, जुलुस र धर्ना गरेको छ । सुझाव सङ्कलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव दिएका छन् । जनमत सङ्कलन कार्यक्रममा सभासद् इन्द्रबहादुर बानियाँ र अनन्तप्रसाद पौडेल, प्रजिअ रामप्रसाद थपलियालगायत संविधानसभाबाट खटिएका कर्मचारीको सहभागिता थियो । चितवन– यहाँ सर्वसाधारणले हिन्दू राज्य हुनुपर्ने, सबै निकायका प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनुपर्ने, सबै तहमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने, रोजगारीको प्रत्याभूति हुनुपर्ने, चितवनलाई प्रदेशको राजधानी बनाउनुपर्ने, थारु, चेपाङ स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने, महिला आरक्षणको व्यवस्था हुनुपर्ने जस्ता विषयलाई संविधानमा समेट्न सुझाव दिएका छन् । सो कार्यक्रममा प्रत्यक्षतर्फका सभासद् विक्रम पाण्डे र समानुपातिक सभासद् उमेश श्रेष्ठले सुझाव सङ्कलन गरेका थिए । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले दुई सय ५० देखि सात सय जनासम्मको सहभागितामा पाँच ठाउँमा शान्तिपूर्ण ढङ्गबाट सुझाव सङ्कलन भएको बताए । सुझाव राख्न पाएनन् लुम्बिनी– रुपन्देहीको क्षेत्र नं ६ र ७ का अधिकांश जनता संविधानको पहिलो मस्यौदामा सुझाव राख्नबाट वञ्चित भएका छन् । मधेसी जनताको बाहुल्य रहेको क्षेत्र नं ६ र ७ मा सुझाव सङ्कलन केन्द्रमा मधेसकेन्द्रित दलका नेता तथा कार्यकर्ताले मस्यौदा नियन्त्रणमा लिएकाले जनता सुझाव राख्नबाट वञ्चित भएका हुन् । आफ्नो राय सुझाव राख्न भन्दै पाँच÷सात किमी टाढादेखि केन्द्रमा पुग्नुभएका लुम्बिनीका अमेरिका कोहारले मधेसकेन्द्रितको विरोधका कारण सुझाव राख्न नपाइएको बताउँदै यसबाट आफ्नो राय सुझाव राख्न पाउने अधिकारको हनन भएको गुनासो गरे । राप्रापा नेपालद्वारा प्रदर्शन लहान–नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राप्रपा नेपाल सिरहाले सोमबार यहाँ प्रदर्शन गरेको छ । लहानस्थित शिव मन्दिर अगाडिबाट निस्केको पदयात्रा नगर परिक्रमापछि सहिद चोकमा पुगेर सभामा परिणत भएको थियो । नगर परिक्रमापछि आयोजित सभामा वक्ताले जनभावनाविपरीत दलले नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेको आरोप लगाउँदै नयाँ संविधानमा हिन्दू राज्य कायम गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending