Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

जङ्गी अड्डामा अप्रेसन ‘सङ्कट मोचन’को समीक्षा

\"nepal-army-logo\"४ साउन, काठमाडौं । नेपाली सेनाले विनाशकारी भूकम्पपछि सुरु गरेको अप्रेसन ‘सङ्कट मोचन’को सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा समीक्षा गरेको छ । समीक्षाका क्रममा स्वास्थ्य शिविर सञ्चालन, शव उत्खनन तथा अवरुद्ध सडक खुलाउने कार्यसम्बन्धी भएका अनुभव, चुनौती र भविष्यमा आई पर्नसक्ने यस किसिमका प्राकृतिक प्रकोप व्यवस्थापनको सम्बन्धमा हासिल गरेको अनुभव साटासाट गरिएका छन् । सेनाले उक्त अप्रेसनमार्फत प्रभावित जिल्लामा खोज, उद्धार, राहत, पुनर्वास, भग्नावशेष व्यवस्थापनलगायत जनहितका कार्य गरेको र उक्त कार्यबाट जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ । सरकारको निर्देशन र तोकेको समयसीमाअनुरुप भूकम्प प्रभावित जिल्लामा अस्थायी बेस खडा गरी तैनाथ रहेका नेपाली सेनाको सबै टोली असार मसान्तमा ब्यारेक फिर्ता भएका थिए । समीक्षा कार्यक्रममा प्रधानसेनापति गौरवशम्शेर राणाले भूकम्पको लगत्तै सुरु भएको ‘सङ्कट मोचन’ अप्रेसनका क्रममा विभिन्न निकायसँग समन्वय कायम गरी उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्दै हासिल गरेको उपलब्धि महत्वपूर्ण भएको बताए । उनले सेनाको समग्र विपद् व्यवस्थापन क्षमताको सुदृढीकरणको आवश्यकताबारे नेपाल सरकार र संसदीय समितिलाई जानकारी दिइसकेको उल्लेख गरे । बलाध्यक्ष रथी राजेन्द्र क्षेत्रीले ‘सङ्कट मोचन’ को सकारात्मक पक्ष र कार्यान्वयनमा देखिएका कमीकमजोरको समीक्षाबाट भविष्यका लागि नेपाली सेनाका लागि मात्र नभई समग्र मुलुकका लागि महत्वपूर्णं योगदान हुने विश्वास व्यक्त गरे । समीक्षाका क्रममा दीर्घकालीन रणनीति निर्देशनालयद्वारा प्रस्तुत गरिएको ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि छलफल गरी राष्ट्रिय सुरक्षा र नेपाली सेनासम्बन्धी विषयमा पृतनापतिसँग रायसुझाउ माग गरिएको थियो । सबै पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुका साथै वर्तमान परिस्थितिको सूक्ष्म मूल्याङ्कन गर्दै भविष्यमा आई पर्नसक्ने सुरक्षा चुनौतीको सम्बन्धमा समेत समीक्षा गरिएको नेपाली सेनाले जनाएको छ । अहिलेको अवस्थामा अन्य सुरक्षा निकायका कारण उत्पन्न हुनसक्ने सम्भावित असहज परिस्थितिका बारेमा समेत पृतनापतिले चासो व्यक्त गरेका थिए । समीक्षाका क्रममा राष्ट्रिय विपद्को समयमा नेपाली सेना जनताको भरपर्दो आस्था तथा विश्वासको केन्द्रका रुपमा रहिआएको निष्कर्षसहित भूकम्पपछिको पुनः निर्माण कार्यअन्तर्गत जुनसुकै पनि जिम्मेवारी प्राप्त भए पनि सेनाले त्यसलाई उत्कृष्ट ढङ्गले पूरा गर्ने अठोटसमेत व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending