Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पहिरोले पर्वतको जयले बस्ती जोखिममा, चारघर विस्थापित

\"pahiro\"५ साउन, पर्वत । गाउँमाथिबाट आएको पहिरोले बस्ती पुर्न थालेपछि पर्वतको देउराली गाउँ विकास समितिको जयले बस्ती जोखिममा परेको छ ।

माथिबाट निरन्तर पहिरो बग्नेक्रम बढेपछि देउराली गाविस–६ जयलेका १८ घर जोखिममा परेका हुन् ।

गत वर्ष गएको सानो पहिरो भूकम्प र निरन्तरको वर्षापछि बढ्न थालेको छ । असार ३१ र साउन १ गते पहिरो बढेपछि चारघर विस्थापित भएका छन् भने अन्य परिवार पनि जुनसुकैबेला पनि पहिरो आउने भयमा पनि जोखिम मोलेर बसिरहेका छन् ।

अहिलेसम्म पहिरोका कारण तुलसी पौडेल, नन्दप्रसाद पाध्या, पिताम्बर शर्मा र महादेव शर्माले घर छाडेका छन् । पहिरोले घर पुरेपछि छिमेकी र आफन्तको घरमा शरण लिएर बसेको पीडित तुलसीप्रसाद पौडेलले बताए । ‘घर माथिबाट आएको पहिरोले पुरिसकेको छ\' उनले भने –\'त्यो घरमा बस्दा ज्यान जोगिने देखिएन, छिमेकमा शरण लिएर बसेका छौँ ।\'

गाउँमा पहिलेदेखि नै गएको पहिरो भूकम्पका कारण जमिन हल्लिएपछि र वर्षा बढेपछि ठूलो हुँदै गएको छ । गाउँमाथिको डाँडो नै पहिरोका रुपमा झर्न सक्ने चिन्ता रहेको एकनाथ शर्माले बताए । \'अब घरमा बस्न सक्ने अवस्था छैन\', देउरालीस्थित हिमालय माविका प्रधानाध्यापकसमेत रहेका शर्माले भने – \'पहिरो रोक्ने वा वैकल्पिक आवासको व्यवस्था गर्नुपर्छ ।\'

जिल्ला प्रशासन र प्रहरीलाई पहिरोको जोखिमका बारेमा जानकारी गराए पनि स्थलगतरुपमा हेर्नेबाहेक अन्य काम नभएको शर्माले बताए । \'पहिरो रोकथामको कुनै उपाय नगर्ने हो भने मानवीय र भौतिक क्षति हुने खतरा रहेको छ\', उनले भने –\'बस्ती नै जोखिममा परेकाले अझै ठूलो समस्या सिर्जना हुन सक्छ ।\' रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending