Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भूकम्पपीडित विद्यार्थीका लागि भारतमा छात्रवृत्ती

\"India-Map\"५ साउन, काठमाडौं । यहि २०७२ बैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावितको सहयोगको लागि एक्सेस इन्टरनेशनल एजुकेशन पुतलीसडक काठमाडौं र भारतको फिरोजपुर, पञ्जाबमा अवस्थित देवराज इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी मिलेर १० जना विद्यार्थीलाई भारतमा इन्जिनियरिङ्ग अध्ययनको लागि छात्रवृत्ती प्रदान गर्ने भएका छन् । नेपालमा भूकम्पले निकै क्षति पु¥याएको र देश नै अप्ठेरो अवस्थामा रहेको बेलामा आफ्नो क्षेत्रबाट सानो भएपनि सहयोग गर्ने अभिप्रायले भूकम्पबाट प्रभावित १० विद्यार्थीलाई पूर्ण छात्रवृत्तीमा प्रदान गर्न लागेको एक्सेस इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक तथा स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपालका वरिष्ठ उपाध्यक्ष बासुदेव नेपालले जानकारी दिए । भूकम्पका कारण घरबार बिहिन भएका र आफ्नो खर्चमा पढ्न नसक्ने अवस्था रहेका विद्यार्थीहरूलाई यो छात्रवृत्तिले केही भएपनि सहयोग हुनेसमेत उनले बताए । यसरी छात्रवृत्तीमा पढ्न जाने विद्यार्थीले डिप्लोमा इन्जिनियरिङ (तीन वर्ष) र ब्याचलर इन इन्जिनियरिङ (चार वर्ष) को निःशुल्क रूपमा अध्ययन गर्न पाउने छन् । यस छात्रवृत्ती प्राप्त गर्नको लागि विद्यार्थीको परिवार वा विद्यार्थीले सरकारबाट प्राप्त भएको भूकम्प प्रभावित कागजपत्र पेश गर्नुपर्ने छ । साथै चार वर्षको इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीले १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ र तीन वर्षको इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीले एस.एल.सी. पास गरेको हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यार्थीले यहि मिति अगष्ट १५, २०१५ सम्म आवेदन दिन पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending