Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

पेय पदार्थ बन्यो विषालुः हरेक वर्ष १ लाख ८४ हजार मानिसको मृत्यु

\"coldसबैलाई थाहा छ, तर कोही पनि मान्न तयार छैनन् ! मात्र एउटा ‘कोल्ड ड्रिंक’ मात्र त पिएको हो नि, के नै फरक पर्छ र ? हो यस्तै बहाना बनाएर हामी यो ‘मिठो विष’ लाई पिउने गर्दछौं । पेय पदार्थको एउटा सानो बोतल मात्र पनि कति खतरनाक हुन सक्छ भन्ने थाहा पाउँदा पाउँदै हामी कहिले प्यास मेट्न, कहिले शक्तिका लागि त कहिले स्टाइल देखाउनको पिउने गर्छौं । तर सायद तपाईंलाई थाहा नहोला कि पेय पदार्थको केवल एक बोतलले लाखौं मानिसहरुको ज्यान लिइरहेको छ । एक शोधका अनुसार हरेक वर्ष चिनीयुक्त पेय पदार्थका कारण हेरक वर्ष संसारभरीबाट १ लाख ८४ हजार मानिसहरुको मृत्यु भइरहेको छ । ५१ देशमा गरिएको सर्वेक्षणः अमेरिकन हार्ट एसोसियसनले गरेको एक अनुसन्धानमा निकै चकित गरिदिने तथ्य सार्वजनिक भएको छ । यी मध्ये धेरैजसोको मृत्यु मधुमेहका कारण नै भइरहेको छ । यो अनुसन्धान सन् १९८० देखि २०१० को बिच ५१ देशका ६ लाख ११ हजा मानिसमा गरिएको थियो । ब्रिटेनमा ट्याक्स लगाउने मागः ब्रिटेनमा मोटोपना र मधुमेह निकै तेज रुपमा फैलिरहेको छ र स्वास्थ्य बजेटको मोटो रकम यहि रोगको लागि खर्च भइरहेको छ । विशेषगरी बालबालिका यो ‘विष’ को शिकार भइरहेका छन् । जसका कारण कोल्ड ड्रिंक्समा २० प्रतिशत ट्याक्स लगाउनुपर्ने माग भइरहेको छ । ब्रिटिश मेडिकल एसोसियसनका अनुसार खराब खानपिनका कारण हरेक वर्ष ७० हजार मानिसहरुको मृत्यु भइरहेको छ । टेस्कोको सुरुवाती कदमः ब्रिटेनको सबैभन्दा ठूलो सुपरमार्केट चेन टेस्कोले आफ्नै ब्रान्डको कोल्ड ड्रिंक्समा ५ प्रतिशत चिनीको मात्रा कम गर्ने निर्णय लिएको छ । यहि कारण दोस्रो ब्रान्डमा पनि दबाब बढिरहेको छ । टेस्कोको यो निर्णयमा पूरै ब्रिटेनले तारिफ गरिरहेको छ । फ्रान्समा पानी निःशुल्क पाइनेः फ्रान्सले यसै वर्ष अप्रिलदेखि कोल्ड ड्रिंक्स र सोडाको रिफिलिङमा रोक लगाइदिएको छ । यो भन्दा पहिले फ्रान्सेली नागरिकले ठाउँ–ठाउँमा राखिएको फाउन्टेबाट असिमित मात्रामा कोल्ड ड्रिंक्स अथवा सोडा लिन सक्दथे । फ्रान्सेली सरकारका अनुसार  मानिसको शरिरका लागि पानी मात्र एउटा यस्तो चीज हो जुन निकै अत्यावश्यक छ, र यो नै निशुल्क पाइनुपर्छ । यति मात्र होइन बच्चाको डाइटबाट २५ प्रतिशत कोल्ड ड्रिंक्सलाई कम गरिँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy