श्रावण ६ गते, २०७२ बुधवार 22nd July, 2015 Wed१२:०१:२४ मा प्रकाशित
साउन ६, बुटवल । नेपाली कांग्रेसका नेता एवं रुपन्देही क्षेत्र नं। ३ का सभासद् बालकृष्ण खाँणले सुझाव संकलनको पछि पत्रकार सम्मेलनमा बोल्दै संविधानको मस्यौदा पढ्दा आफैँलाई आज लाग्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै खाणँले मस्यौदामा धेरै कमीकमजोरी रहेको स्वीकारेका हुन्, मस्यौदामा भाषिक तथा व्यकरणीय ऋुटी रहेको भन्दै मस्यौदामा रहेका कमीकमजोरीहरु हटाइएने बताए । पत्रकारबीच खाँणले आफुहरु बहुमतमा हुँदा पनि सबैलाई समेटेर संविधान ल्याउनको लागी अन्तिमसम्म प्रयास गरेको भन्दै अन्ततः १६ बुँदे सहमति गरी राजनीतिक दलहरुले देश र जनताको लागी आफ्नो स्वार्थ त्याग गर्दै भएपनि संविधान निर्माण गरिन लागेको बताए । खाणँले सुझाव संकलनको विषयमा टिप्पणी गर्दै, आफ्ना दलका नेता रामचन्द्र पौडेल र गगन थापा तर्फ इंकित गर्र्दै सुझाव संकलनलाई नौटङ्की भन्नु गलत भएको भन्दै कसले के भन्छ त्यसको पछि नलाग्न आग्रह गरे । खाण्ँले भने, ‘हामी सुझावमा आएका सबै कुराहरुलाई समेटेर संविधान निर्माण गछौं सबैको विषय सम्बोधन गर्छौं, जनमत, फोन, इमेललगायतका माध्यमबाट आएको सबै सुझावहरुले स्थान पाउनेछ ।’
खाण्ँले आफूहरुलाई रुपन्देहीलगायतका क्षेत्रलाई लुम्बिनी प्रदेश बनाउन माग राख्दै आएको स्मरण गराउँदै लुम्बिनीभित्र ८ वटा स्मार्ट सिटीको व्यवस्था गरी राजधानी निर्माणको लागी पहल गर्ने, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरुलाई समेत समेट्न प्रयास जारी राख्ने बताए । उनले संविधानमा आएको सुझावलाई मध्यनजर गर्र्दै लोकतान्त्रिक संविधान निर्माण गर्ने र भदौ महिनासम्म संविधान जारी गर्ने उद्धघोष गरे ।
एक फरक प्रसँगमा, नेपालमा कम्युनिष्टहरु लोकतान्त्रिक समाजवादी बन्दै गएको उनको आरोप थियो, एमाले, एमाओवादी लगायतका पार्टीहरु पनि सुधारवाद संसदमा आएपछि विस्तारै अन्ततः प्रजातान्त्रिक समाजवाद विपीले कल्पना गरेको समाजवाद लागू हुने बताए ।
विपीको ३३औं स्मृती दिवसको अवसरमा बुटवलमा रहेको विपी चोकमा विपीलाई माल्यापर्ण गर्ने कार्यक्रमपश्चात सुरु भएको पत्रकार सम्मेलनमा मिजासिलो स्वभावले उत्तर दिने खाणँ आफ्नै पार्टीका नेताप्रति भने रुष्ट देखिन्थे । खाणँले ‘सबैभन्दा पहिले संविधान निर्माण गरौं, राजा फर्कने भन्ने कुरा हराउँछ अनि त्यसपछि संविधानका अरु विषयमा पनि छलफल गर्न बैद्य, विप्लवलगायतका नेतासँग समेत तयारै छौं उनले थपे नेताहरुलाई जोगाउनको लागी ढुँगामुडाँ, गोली, अश्रुग्यास चलाउनु बाध्यात्मक अवस्था हो यो हाम्रो रहर होईन ।
कार्यक्रममा मानवअधिकारवादीहरुले संविधानसभाको लागि लिखित सुझावहरु सभासद्लाई हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: