Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

प्रधानसेनापतिको लबिङ गर्दै देउवाले मुख खोले

\"deuwa\"६ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापतिलाई नराख्ने विषयमा नेपाली सेनाले आपत्ति जनाएको केही दिनमै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियनले ३३औँ बिपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘नयाँ संविधानमा हाम्रो सरोकार’ विषयक कार्यक्रममा नेता देउवाले संविधानको मस्यौदामा प्रधानसेनापति बिनाको सुरक्षा परिषद् भएकाले त्यसलाई सच्याउनुपर्ने बताए । संविधान जारी गर्ने क्रममा लोकतन्त्रका मूलभूत मान्यतामा कसैसँग सम्झौता नहुने बताउँदै नेता देउवाले भने– ‘प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र दिगो हुँदैन ।’ मस्यौदामाथि आएका जनताका महत्वपूर्ण सुझावलाई आत्मसात् गर्नुपर्ने बताउँदै नेता देउवाले प्रेस स्वतन्त्रताका सम्बन्धमा सञ्चार क्षेत्रबाट आएका सुझावलाई नै पास गरिने विश्वास दिलाए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुननरसिंह केसीले कांग्रेसमा विचार र आदर्शको खडेरी भएका बेला बिपीको चिन्तन, आदर्श र विचारले पथप्रदर्शक गरेको बताए । मुलुकका हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको कांग्रेस पार्टीमा आन्तरिक लोकतन्त्रको विकास हुन नसकेको बताउँदै नेता केसीले कांग्रेसमा रहेको ६०/४० को भागबन्डाले पार्टी छिन्नभिन्न भएकाले यसलाई तोड्नै पर्ने बताए । सञ्चारकर्मीले सत्ताको भन्दा पनि सत्य कुरा लेख्नुपर्ने आग्रह गर्दै उनले संविधानको मस्यौदामा अनगिन्ती त्रुटि रहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् नवीन्द्रराज जोशीले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र अपूरो हुने भनी बिपीले व्याख्या गरेको स्मरण गर्दै संविधानसभाबाट संविधान बनाउने बिपीको सपना पूरा हुन लागेकामा खुसी व्यक्त गरे । बिपीले जनतालाई स्वतन्त्रता दिलाउन ज्यानको बाजी लगाएको स्मरण गर्दै नेता जोशीले बिपीले आफैँले सिद्धान्त प्रतिपादन गरी कार्यान्वयनका लागि आन्दोलनको अग्रमोर्चामा उभिएको बताए । वरिष्ठ पत्रकार पुरुषोत्तम बस्नेतले बिपीले आफ्नो शासनकालमा पत्रपत्रिकालाई प्रोत्साहन दिई नगद सहुलियतको व्यवस्था गर्नुका साथै आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, वैदेशिक सम्बन्धलगायतका क्षेत्रमा क्रान्तिकारी काम गर्नुभएको उल्लेख गरे । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले दिगो लोकतन्त्रका लागि सूचनाको हकलाई स्तरोन्नति गर्नुपर्ने बताउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा निर्धारण गर्न नहुने धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनका पूर्व अध्यक्ष हरि अधिकारी, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझाले बिपीका विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy