Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

संविधानमा लोकतान्त्रिक अधिकार सुनिश्चित हुन्छः महामन्त्री सिटौला

\"Krishna६ साउन, भद्रपुर। नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित हुने नयाँ संविधान आउने बताका छन् । जननायक विपी कोइरालाको ३३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं.१ को नवनिर्मित भवनको आज धुलाबारीमा उद्घाटन गर्र्दै उनले सो कुरा बताका हुन् । संविधान मस्यौदा समितिको संयोजकसमेत रहेका सिटौलाले नयाँ संविधानमा रहेका स्वाधीनता, अखण्डता र जनताको सार्वभौमसत्तालाई कसैले पनि परिवर्तन गर्न नसक्ने दावी गरे ।उनले सामाजिक सद्भाव र एकतालाई एक सूत्रमा बाँध्ने चरित्रको हुने यो नयाँ संविधानले राष्ट्र बलियो एवम् समृद्ध हुने धारणा राख्नु भयो । महामन्त्री सिटौलाले जननायक विपीको आदर्श र सिद्धान्तबाट नै मुलुकलाई सही मार्गमा लैजान सकिने प्रष्ट पार्दै विपीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । उनले थोरै समयमा भएपनि मुलुकका नागरिकले संविधानको मस्यौदामा राय, सुझाव दिन देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्दै जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यो संविधानले संस्थागत गर्ने ठोकुवा गरे । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं.१ का सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा सभासद् उषा गुरुङ, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पार्टीका युवा नेता विश्वप्रकाश शर्मा, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि केशवराज पाण्डे, महासमिति सदस्य अशोक पोखरेल, महाधिवेशन प्रतिनिधि विमल आचार्य, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, तिलक गिरी, प्रेम साम्बाहाम्फे, रचना घिमिरे र राम कट्टेलले विपीको बहुआयामिक व्यक्तित्व माथि प्रकाश पारेका थिए । नव निर्मित भवनका लागि समाजसेवी देवेन्द्र नेम्वाङले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए भने एक हल र तीन कोठे सो भवन निर्माण गर्न २६ लाख ७९ हजार खर्च भएको बताइएको छ । यसैबीच महामन्त्री सिटौलाले प्रस्तावित संविधानको मस्यौदामा जनताको राय सुझाव लिनेकार्य सकिएको र केही दिनभित्रै नागरिक सम्बन्ध तथा सुझाव समितिले संविधानसभामा प्रतिवेदन बुझाएपछि संविधान निर्माणको कामले गति लिने बताएका हुन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३३औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस झापा क्षेत्र नं.२ ले चन्द्रगढीस्थित धनुषमोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending