Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नमुनाको उपचारमा तत्कालका लागि एमाओवादीद्धारा १ लाख ५० हजार प्रदान

\"11745693_10206142170626352_127199752400658270_n\"७ साउन, काठमाडौं । बिएनबि हस्पिटलमा उपचारत पूर्व जनमुक्ति सेना तथा पत्रकार प्रविणा गोले तामाङ ‘नमुना’ को उपचारमा एकिकृत नेकपा माओवादीले पार्टी कोषबाट १ लाख पचास हजार रुपैयाँ नमुनाको परिवारलाई हस्तान्तरण गरेको छ । प्रारम्भीक उपचारका लागी यो रकम पठाएको भन्दै एमाओवादीले आवश्यक रकम थप्दै जाने र सम्पुर्ण उपचारको प्रबन्ध मिलाउने समेत बताएको छ । जनयुद्धकालिन समयमा सिन्धुपाल्चोकको ठोकर्पामा तात्कालिन नेपाली सेनाको हवाइ आक्रमणमा परि एउटा हात गुमाएकी नमुना पछिल्लो समय पत्रकारिता पेशामा आवद्ध थिइन् । विगत ५ महिनादेखि अज्ञात रोगको शिकार बनेकी नमुना एकहप्ता अघिबाट ललितपुरको बिएनबि हस्पिटलमा उपचाररत छिन् । उनी बिरामी भएको खबर सबभन्दा पहिला खबरडबलीले प्रकाशन गर्दै एमाओवादीको ध्यान आकृष्ट गरेको थियो । सामाजिक संजाल तथा केही स्वयंमसेवीहरुले उनको उपचारमा चासो राखेपछि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान अस्पताल पुगि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै सम्पूर्ण उपचार खर्च पार्टीले जिम्मा लिने बताएका थिए । साथै एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी पक्ति तथा शुभचिन्तकबाट पनि सहयोगको अपेक्षा राखिएको बताएका थिए । नेपाल पत्रकार महासंघ, जनजाति पत्रकारहरुको संजाल तथा एमाओवादी संम्बद्ध युवाहरुसमेत उनको उपचारमा संलग्न छन् । वाइसिएल उपत्यकाका युवा नेता दिपेश पुनको नेतृत्वमा उपचार सहयोग कोष खडा गर्दै खर्च रकम संकलन कार्यसमेत जारी छ । पुनका अनुसार सहयोग गर्न इच्छुकले  Global IME Bank 3907010002677 मा सहयोग गर्न सक्ने समेत बताएका छन् । संकलन भएको रकम उपचारमा खर्च नभए द्धन्द्धका घाइते तथा अपांग कोषमा जम्मा गरिने समेत पुनले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending