Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

उत्तरी सीमा क्षेत्रमा हिउँमै सशस्त्रको गस्ती

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी

हुम्ला। चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले सीमा सुरक्षा गस्ती गरिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून् भनेर सुरक्षा गस्ती जारी राखेको सश्स्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले बताए । ‘हिउँ परिरहेको भए पनि नियमित गस्ती गरिरहेका छौँ,’ इन्स्पेक्टर केसीले भने ।

केही दिनदेखि लगातार परेको हिउँले नारालेक सेताम्य भएको छ । बाटोमा पनि बाक्लो हिउँ जमेको छ । तैपनि सशस्त्र टोली हिउँ छिचोल्दै उत्तरी सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । अहिले हिल्सा बिओपीमा २२ जना सशस्त्र प्रहरीको टोली छ । त्यस्तै, हिल्सामा होटेल कुरुवा १२ जना कामदार छन् । अरू सबै बेसी झरिसकेका छन् । हिल्सामा रहेको सीमा प्रहरी चौकी पनि कात्तिकमै सदरमुकाम सिमकोट फर्किएको थियो ।

हिल्सा नदी उत्तरको चिनियाँ क्षेत्रमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । त्यहाँ चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् । हिल्साको दक्षिणतिर नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको पाइपमा पनि हिउँ जमेको छ । जसले गर्दा सशस्त्रको टोली नदीको पानी प्रयोग गर्दै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending