Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नाइजेरियामा विस्फोट ४० मारिएको आशङ्का

\"bomb-blast_Nizeria\"७ साउन, कानो । उत्तरीपूर्वी नाइजेरियाको गोम्बे नगरमा गत बुधबार राति भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी ४० भन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।

गोम्बे नगरमा अवस्थित दादिन कोवा बस स्टेसनको प्रवेशद्वारको नजिकै स्थानीय समयाअनुसार बेलुका ६ः३० तिर एक भयानक विस्फोट भएको र त्यसको लगत्तै करिब २० मिनेटपछि नजिकैको हुक्कु क्षेत्रमा अर्को विस्फोट भएको सञ्चारकर्मी र प्रत्यक्षदर्शीहरुले एएफपी समाचार संस्थालाई बताएको छ ।

विस्फोट हुनुअघि नै उक्त क्षेत्रभरि विद्युत् आपूर्ति अवरुद्ध भई अन्धकारमय भएकाले विस्फोट आत्मघाती हो वा अन्य कारणले भएको यकिन गर्न नसकिएको समेत बताइएको छ ।

नाइजेरियामा आतङ्ककारी समूह बोको हरामले विगतका छ वर्षदेखि रक्तपातपूर्ण आक्रमण र आतङ्कवाद चलाइरहेका छन । सो आतङ्ककारी समूहले यसअघि पनि भीडभाड हुने बस स्टेसनक्षेत्र, बजार क्षेत्र नजिकै र चर्च इत्यादि जथाभावी आक्रमण गर्दै आएकाले यस पटकका विस्फोट पनि उसले गराएको अनुमान गरिएको छ ।

गत हप्ता बिहीबार पनि गोम्बे नगरमै अत्याधुनिक विस्फोट उपकरण प्रयोग गरी स्थानीय बजार गराइएको आक्रमण ३९ व्यक्तिको मृत्यु भएको छ ।

गोम्बे राज्यका प्रहरी प्रवक्ता अताजिरीले गत बुधबार भएको विस्फोट पुष्टि गरेका छन् । तर मृतकको सङ्ख्या खुलाइएको छैन ।

गत मे २९ बाट वर्तमान राष्ट्रपति मुहमादु बुहारीले राष्ट्रपति पद सम्हालेयता विस्फोटकका शृङ्खला वृद्धि भएको छ ।

तर राष्ट्रपति बुहारी भने यस्ता घटनाउपर विजय प्राप्त गरी आफूले नाइजेरियाका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको जनाएका छन् ।

नाइजेरियामा सन् २००९ यता भएका आतङ्ककारी आक्रमणहरुमा परी कम्ती १५ हजार व्यक्तिको मृत्यु हुनुका साथै अन्य १५ लाखभन्दा बढी घरवारविहीन भएका जनाइएको छ । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies