Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - पार्टीको भूमिका तय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वाग्मती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । छलफल बिना निष्कर्ष टुंगिएको छ ।

सभापति देउवासहित संस्थापन पक्ष प्रदेशहरूमा देखिएको सत्ता संकटको समाधान स्थानीय आवश्यकता हेरेर प्रदेशकै पार्टी संयन्त्रलाई निर्णय गर्न दिने पक्षमा देखिएको छ । इतर पक्ष भने प्रदेश समिति नभएकाले केन्द्रले नै सत्ता साझेदारीबारे नीति बनाउनुपर्ने अडानमा छ ।

छलफलमा सभापति देउवाले जुन पक्षले कांग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग गर्छ उसैसँग मिलेर अघि बढ्ने बताए, जसलाई संस्थापन इतर पक्षले अस्वीकार गरेको छ । इतर पक्षले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टी सडकमा उत्रिएका बेला प्रदेशमा ओली समूहसँग मिलेर सरकार गठन गरी अघि बढ्न नसकिने तर्क गरेको छ ।

देउवाले समग्र रूपमा पार्टीको हित हुने गरी सोच्न आग्रह गरे पनि नेता रामचन्द्र पौडेलसहितका नेताले सभापतिसँग असहमति जनाएका हुन् । वाग्मती प्रदेशका संसदीय दलका नेतासहित अन्य नेतासँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरी गरी छलफल सकिएको सहभागीले जनाएका छन् ।

‘संघीयताको अभ्यास व्यवस्थित र सार्थक बनाउने हो भने प्रदेश सरकारका विषयमा देखिएको समस्या समाधान गर्ने अधिकार प्रदेशको पार्टी संयन्त्रलाई नै दिनुपर्छ,’ देउवा निकट एक नेताले भने, ‘रामचन्द्र पौडेलसहितका नेता संघीयताको कुरा गर्नुहुन्छ तर त्यसको अभ्यास गर्न भने हिचकिचाइरहनु भएको छ ।’ नेकपाभित्रको विवादले वाग्मती प्रदेश र प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । दुवै प्रदेशमा कांग्रेस निर्णायक देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending