Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ । राजनीतिमा लागेमा हटाउने वा बर्खास्तसम्म गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ । तर उक्त व्यवस्था उल्लघंन गर्न प्रधानमन्त्री स्वयंमले कर्मचारीहरुलाई प्रेरित गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई राजनीतिमा तान्न प्रेरित गरेका हुन् । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुको भेला बोलाएका छन् उक्त भेलामा पार्टीको ब्यानर राखिएको छ ।

नेकपाको पेशागत विशेष जिल्ला कमिटिको आयोजनामा उक्त भेला गरिएको हो । प्रधानमन्त्री कार्यालय समयमै कर्मचारीहरुको गुटको भेला बोलाएका हुन् । भेलामा दर्जनौं सरकारी कर्मचारी उपस्थित भएका छन्, त्यो पनि कार्यालय समयमा ।

भेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटालगायतका कर्मचारीहरुको उपस्थिति छ । यसैगरी उर्जामन्त्री टोपबहादुर रायमाझी पनि भेलानमा गएका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाार्टी फुटाउनेको पक्षमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले आफ्नो पक्षमा सहयोग गर्न र मूलधारमै लाग्न कर्मचारीहरुलाई सल्लाह दिएका छन् । प्रशासन सेवा विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्नो कार्यालयमा बोलाएर कर्मचारीहरुलाई निर्देशन दिन सक्ने तर पार्टीको ब्यानरमा कर्मचारीहरुको भेला गर्न नसक्ने बताउँदै भने, ‘यो कानुनको भावनाविपरित हो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending