Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एक वर्षमा चौधवटा पुल निर्माण

\"Bridge\"८ साउन, इलाम । इलाममा एक वर्षमा १४ पुल निर्माण भएका छन् । जिल्ला विकास समितिले एक दर्जनभन्दा बढी खोलामा झोलुङ्गे र ट्रस ब्रिज निर्माण गरेको जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीय बासिन्दा, गाउँ विकास समिति र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको सहयोगमा पुल निर्माण गरिएको जिविसको ग्रामीण पुल शाखाले बताएको छ । झोलुङ्गे पुलका लागि जिल्लामा प्राप्त भएको एक करोड ६० लाख ६६ हजारमध्ये आर्थिक वर्षको अन्त्यमा मात्र केही बजेट आएकाले काम हुन नसकेपछि केही रकम फिर्ता गएको छ । प्याङ र जमुना गाविसको बीचमा पर्ने इङ्ला खोलामा भाङटार झोलुङ्गे पुल, जमुना र सुलुबुङ बीचमा पर्ने माईखोलामा धनरुप झोपु, बरबोटे र शान्तिडाँडा बीचमा पर्ने पुवाखोलामा छतिवने र रणवीर झोपु, जितपुर–इभाङबीचमा बरदम्वा झोपु, गजुरमुखी–एकतप्पा बीचमा फाकफोक झोपु, नयाँबजार–सूर्योदय नगरपालिका बीचको जोगमाई खोलामा सेती दोभान झोपु, समालबुङ–सुनपा बीचमा सिद्धिखोला न्यौपाने बेंसी झोपु र बाँझो–८ को सुन्धुवा खोलामा सिमलटार झोपु निर्माण सम्पन्न भएको ग्रामीण पुल शाखाका सबइन्जिनियर कमल रेग्मीले बताउनुभयो । यस्तै एकतप्पा–३ र ६ बीचमा पर्ने याङमा खोलामा आकाशे अमले ट्रस, चमैता–६ र ७ बीचमा देउमाई खोलामा खोलाटार ट्रस, गोर्खे–पशुपतिनगरबीचमा हिमालय ट्रस, इनपा–साङरुम्वा बीचमा उप्रेती (साँघुरी) ट्रस र माईपोखरी–पुवामझुवा बीचमा अल्छे ट्रस निर्माण भएका छन् । आव २०७१/७२ मा निर्माणाधीन जमुना–इङ्ला बीचको तीनतले भीर झोपु, आमचोक–फूएँतप्पा बीचको जुङ्गेटारको झोपु, चिसापानी–५ र ८ बीचमा पर्ने भोलटार लेवाखोला झोपु, पुवामझुवा–माईपोखरी बीचको अङ्गारे देवीथाने झोपु र गोर्खे–पशुपतिनगर बीचको दोभाने झोपुको आधा मात्र काम सकिएको छ । जेठ २४ गते मात्र केन्द्रबाट ७५ लाख बजेट आएको र खर्च हुन नसकी २५ लाख फिर्ता गएको रेग्मीले जानकारी दिए । समयमै बजेट आएको भए ती पुलसमेत निर्माण सम्पन्न हुने उनको भनाइ छ । यस चालु आवमा १० वटा पुलका लागि नयाँ सम्झौता हुने र निर्माण सम्पन्न हुन नसकेका पाँचवटा पुलसमेत सम्पन्न हुने रेग्मीले बताउनुभयो । योसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या एक सय ३४ पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies