Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन मात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।

आजको जनआस्था साप्ताहिकमा खबर छ - पशुपतिको पूजा अर्चनाका क्रममा उनले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गरे । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोधे, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो ?’ प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर !’

अनि, प्रधानमन्त्रीले नजिकै रहेको आगन्तुक पुस्तिका ताने र संस्कृति मन्त्रीका नाममा आदेश लेखे, ‘यस वर्षको शिवरात्रिभित्र जडान गर्ने गरी ३० करोड रुपैयाँ तुरुन्त निकासा दिने…’ अनि, भने, ‘यो पैसा तुरुन्तै आउँछ ।’ प्रधानमन्त्रीले लेखेको उक्त ठाडो आदेशको सक्कल प्रति सदस्य सचिव ढकालसँग सुरक्षित छ ।

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो काम सम्पन्न गर्न ९२ करोडको हिसाब अनुमान गरिएको थियो । त्यसमा कालिगढको खर्च र १८ या २४ क्यारेटको हिसाब जोडिएको छैन ।

कोषको सञ्चालक परिषद्ले एक वर्षअघि यो काम सम्पन्न गर्नलाई कार्यविधि पनि बनाइसकेको थियो । गत वर्ष शिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई यो कुरा सुनाइएको थियो । तर, कोषले प्रधानमन्त्रीलाई कुरा सुनाउने मौकै पाएको थिएन । तर, सोमबार बिहानको पूजाका क्रममा प्रधानमन्त्री आफैले सोधेपछि एकै पटक ३० करोड आम्दानी भएको छ । त्यहाँका स्थानीयले यति खर्चिलो जलहरी राख्ने कुराको विरोध गर्दै आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending