Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो दिन झण्डै २९ हजारभन्दा बढीले खोप लगाएका छन् । बुधबारदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु भएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- ‘खोपको अद्यावधिक विवरण आइरहेको छ, बिहीबार साँझसम्म २९ हजारभन्दा बढीले खोप लगाएका छन्,’ स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक गौतमले भने । साँझ ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप प्राप्त गर्नेमध्ये प्रदेश १ का तीन हजार आठ सय ४७, प्रदेश २ का दुई हजार एक सय ७४, बागमतीका ११ हजार चार सय ६१, गण्डकीका चार हजार आठ सय ५३, लुम्बिनीका दुई हजार तीन सय तीन, कर्णालीका एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशका दुई हजार चार सय १७ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप लगाएका व्यक्तिमध्ये कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको बताए । तर, देशैभरि करिब २० जनालाई सामान्य समस्या भने देखिएको छ । ‘सामान्य ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने जस्ता समस्या आएको खबर आएको छ, तर कोही पनि सिकिस्त छैन, कोही पनि अस्पताल भर्ना भएका छैनन्, घरमै आराम गरिरहेका छन्,’ मन्त्रालयका डा.विकास देवकोटाले भने ।

मन्त्रालयले खोपका कारण बिरामी भएकाको गुनसो सुन्न देवकोटाको नेतृत्वमा छुट्टै टिम बनाएको छ । तर, अहिलेसम्म कुनै पनि रिपोर्टिङ नभएको उनले बताए । ‘दोस्रो दिन पनि उत्साहजनक सहभागिता छ, कसैले डराउनुपर्ने अवस्था छैन, ढुक्कले खोप लगाउन आग्रह गर्दछु,’ देवकोटाले भने ।

एक महिनापछि दोस्रो डोज
भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले बुधबारदेखि देशैभरि करिब तीन सय खोप केन्द्रमार्फत पहिलो चरणमा प्राथमिकतामा परेका साढे चार लाखजनालाई खोप लगाउने अभियान थालेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy